Thursday, 09 July, 2020    |    २०७७ असार २५ गते , विहीवार

झण्डै ४ सयको निःशुल्क मोती बिन्दूको शल्यकृया १७ सयको आँखा जाँच


२०७६ मंसीर २२ गते , आईतवार प्रकाशित

,शहबाज खान


बहादुरगंज,कपिलबस्तु । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज,कपिलबस्तुले दुई वटा निःशुल्क आँखा शिविर मार्फत ३९० जनाको मोतिबिन्दुको शल्यक्रिया गरी नयाँ ज्योति प्रदान गरेको छ भने दुई वटा आँखा शिविरमा १७ सय ४१ जना आँखाको विरामीहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ । 


  छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको प्राविधिक सहयोग,NABP I Care Norwayको आर्थिक सहयोग र महारागंज नगरापालिकाको स्थानीय व्यवस्थापनमा कपिलबस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. १ स्थित फलहारीबाबा बहुमुखी क्याम्पसमा मिति २०७६ मंसीर ७, ८ र ९ गते सम्पन्न भएको निःशुल्क आँखा शिविरमा ९०३ जनाको निःशुल्क आँखा चेकजाँच गरिएकोमा २२८ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो भने ३ जनाको बिरामीको अन्य सामान्य शल्यक्रिया गरिएको थियो ।

उक्त शिवीरमा आउने आँखाका बिरामीहरुलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण समेत गरिएको थियो । साथै शिवीरमा आँखाको अप्रेशन गरेका विरामीहरुले लगाउनु पर्ने ३८ हजार बराबरको कालो चश्मा नेशनल सर्जिकल्सका प्रो० श्री नसरुल्लाह खांन ले निःशुल्क उपलब्ध गराउनु भएको थियो । उक्त शिविरमा अस्पतालका नि.मेडिकल डाइरेक्टर सन्तोष सुवेदी लगायतको चिकित्सक टोलीले सेवा दिएको थियो । सो शिवीरमा महाराजगंज नगरपालिकाले बिरामीहरुलाई खानेबस्ने व्यवस्थाको निःशुल्क प्रबन्ध मिलाएको नगरपालिकाका मेयर श्री अब्दुल कलामले जानकारी दिएका थिए ।      

त्यसैगरी यही मिति २०७६ साल मंसीर १५,१६ र १७ गते बिजयनगर गाउँपालिकामा भएको ३ दिने निःशुल्क आँखा शिविरमा ८३८ जनाको आँखा चेकजाँच गरिएकोमा १६२ जना मोतिविन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको थियो ।   

छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज,कपिलबस्तुको प्राविधिक सहयोग र बिजयनगर गाउँपालिकाको स्थानीय व्यवस्थापनमा संचालन भएको शिविरमा ल्ब्द्यए क्ष् ऋबचभ ल्यचधबथ ले आर्थिक सहयोग उपलब्ध गराएको थियो । छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.ज्योति सापकोटाको नेतृत्वमा गएको चिकित्सक टोलीले सेवा दिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिएका थिए ।

सो शिवीरमा समेत आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको थियो भने अप्रेशन गरेका विरामीहरुले लगाउनु पर्ने कालो चश्मा को व्यवस्था बिजयनगर गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको थियो । 
  अस्पतालको बार्षिक कार्यक्रम अनुसार छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज को प्राविधिक सहयोग,महाराजगंज नगरपालिकाको स्थानीय व्यवस्थापन र म्ब्प् ँयगलमबतष्यल को आर्थिक सहयोगमा महाराजगंज नगरापालिकाको शान्तीनगरमा मिति २०७६ साल मंसीर २१ गते निःशुल्क आँखा चेकजाँच गरियो यही मंसीर २२ र २३ निःशुल्क आँखा जाँच हुनुका साथै मोतिविन्दुको निःशुल्य शल्यक्रिया गरिने कार्यक्रम रहेको अस्पताल स्रोतले जनाएको छ।       

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif