Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

बागलुङ्गमा जीप दुर्घटना : १४ जनाको मृत्यु ३ जना गम्भीर घाइते


२०७६ मंसीर १७ गते , मंगलवार प्रकाशित

  बागलुङ÷ आज  बागलुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ घाइते भएका छन् ।   समाचार लेख्दासम्म दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।      
    ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन्  ।




  यो जीप आज मंगलबार बिहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडिगाड खोलामा खसेको हो। जीपमा १८ जना सवार थिए।

      यो जीप दुर्घटना बढी भार र तीव्रगतिले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। उक्त घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी भिमगिठेका प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन्।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif