Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

स्वस्थ् घर सम्वन्धि १ दिने अभिमुखीकरण कार्यक्रम हुँदै


२०७६ मंसीर १७ गते , मंगलवार प्रकाशित

 
शहबाज खान 

  कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको आयोजना तथा कृष्णनगर नगरपालिकाका विभिन्न वार्डको समन्वयमा कृष्णनगर नगरपालिका भित्र रहेका का १००० दिनका आमाहरुलाई  स्वस्थ घर सम्बन्धी १ दिने अभिमुखीकरण गरिने छ जसमा अनिबार्य रुपमा सबै घरधुरीमा शौचालय मरम्मत सम्भार तथा प्रयोग, चर्पी सफा राख्ने तरीका, सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले हात धुनैपर्ने जोखिमपूर्ण अवस्थाहरु, बातावरणीय सरसफाई, घरायसी फोहोरमैलाको व्यवस्थापन, कुहिने फोहोर र नकुहिने फोहोरको व्यवस्थापन र महिनावारी स्वच्छता व्यवस्थापनका विषयबस्तु र यो स्वस्थ घर सम्बन्धी अभिमुखीकरण संचालन हुदै छ ।

यस क्रममा  १४४ घरलाई आषाढ़ मसान्तसम्ममा स्वस्थ घर बनाउने उद्देश्य रहेको सुआहारा कार्यक्रमका कृष्णनगर नगरपालिकाका  फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी गराएका छन् । ‘हाम्रो कृष्णनगर,  राम्रो कृष्णनगर’, ‘सफा, स्वच्छ, सुन्दर कृष्णनगर’ बनाउन सबै आदरणीय जनसमुदायले आ(आफ्नो गाउँ ठाउँ टोलहरुबाट सहयोग गरी कार्यक्रम सफल बनाई दिनु हुनु सुआहारा कार्यक्रमका वास अधिकृत कमला सापकोटाले  अनुरोध गरेकी छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif