Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

बेलायतमा पनि भारतीय सीमा अतिक्रमणको बिरोध


२०७६ मंसीर १७ गते , मंगलवार प्रकाशित

  बेलायतको लण्डनमा पनि नेपालको  कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लानुपर्ने माग गदै गैरआवासीय नेपाली संघको आह्वानमा बेलायतस्थित प्रवासी नेपालीहरूले हिर्जो  विरोध प्रदर्शन गरेका छन् ।   लण्डन स्थित भारतीय उच्च आयुक्त कार्यलय बाहिरु गैर आवासीय नेपाली संघ युके शाखाको आयोजनमा हिजो सोमवार दिउँसो विरोध प्रदर्शन गरिएको छ।   गैैर आबासीय नेपाली संघ यूकेका महासचिव फणिन्द्र भटराईका अनुसार  चीनसंगको सीमामा पर्ने रणनीतिक महत्वको उक्त क्षेत्रलाई लामो समयदेखि भारतले आफ्नो नियन्त्रणमा राखेकोले त्यसका बिरुद्ध दबाब दिन उक्त विरोध प्रदर्शन आयोजन गरिएको  बीबीसीलाई बताएका छन्    यो गैर आवासीय नेपाली संघले संसारभरी रहेका उसका ८० भन्दा बढी शाखाहरूलाई, उसकै शब्दमा, भारतीय अतिक्रमणको विरोध गर्न भनेको समाचार छ ।   भारतीय अतिक्रमण बिरोधी यस्ता बिरोधहरु यसअघि जापान, जर्मनी, बेल्जियम, स्विट्जरल्याण्ड लगायतका मुलुकमा पनि प्रवासी नेपालीहरूले त्यहाँस्थित भारतीय कूटनीतिक नियोगहरू सामु  जनाएका थिए।   यस अघि पनि  सन् २०१५ को भूकम्पपछि भारतले नेपालविरुद्ध एकपक्षीय नाकाबन्दी लगाएपछि संसारभरी रहेका प्रवासी नेपालीहरूले स्वतस्फूर्तरुपमा विरोध जनाएका थिए ।    यद्यपि कतिपय आलोचकले भने कूटनीतिक माध्यमबाट समाधान गरिनु पर्ने दुइ देशका बीचको सीमा विवादजस्तो विषयलाई अन्तर्राष्ट्रिय प्रचारको विषय बनाउन नहुने बताउँदै आएका छन्। तर दशकौदेखि यो बिबाद किन समाधान नभएको भन्ने गम्भीर कुरामा भने उनीहरुको ध्यान गएको देखिदैन ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif