Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

सत्ताधारी नेकपा ३० नेका १३ र ९ स्थानमा अन्य बिजयी


२०७६ मंसीर १६ गते , सोमवार प्रकाशित

  काठमाडौँ ।   प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थान, नेपाली काग्रेस १३ साथ र अन्य ९ स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।     नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए र उनी नै विजयी भए ।   यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने राजपाले ३ स्थानमा विजय हासिल गरेको छ ।

  प्रतिनिधिसभा तर्फ कास्की २ मा सत्ताधारी नेकपाका उम्मेदवार विद्या भट्टराई विजयी भइन् भने प्रदेश तर्फभने काँग्रेस र नेकपा उम्मेदवारले १–१ स्थान विजय हासिल गरे । यस्तै एक प्रदेशसभामा सत्ताधारी नेकपा समर्थित जनमार्चा उम्मेदवारले विजय हासिल गरे ।   भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) मा काँग्रेस, बागलुङनिर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चा र दाङनिर्वाचन क्षेत्र नं ३ (२) मा नेकपा उम्मेदवार विजयी भएका हुन् ।   यस्तै धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार विजयी भए भने गाउँपालिकातर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भए ।   यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा पनि सत्ताधारी नेकपा उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif