शिवजी हाकुदुवाल
व्यवस्थापक, श्री बाराही साकोस
शेयर सदस्यहरुद्वारा नियन्त्रित सहकारी संस्था नै समुदायमा आधारित सहकारी संस्थाको नामले चिनिन्छ । यस्तो सहकारी संस्थालाई सदस्यहरुले आन्तरिक रुपमा विभिन्न तरिकाले सुपरिवेक्षण तथा निरिक्षण गर्ने गरिन्छ । सदस्यहरु मिलेर सदस्यहरुको हित एवं गरिबी निवारण र आफ्ना सम्पूर्ण इच्छा आकांक्षा सहकारीको माध्यमवाट पुरा होस भन्ने हेतुले दर्ता भएको समुदायमा आधारित सहकारी संस्था भएकोले सदस्यहरुवाटै वित्तिय निरिक्षण, सामाजिक क्रियाकलापको निरिक्षण, जोखिम, व्यवस्थापनको निरिक्षण, नेतृत्वदायीको निरिक्षण, अनुगमन र परिक्षण गर्ने गरिन्छ । जसको सम्पूर्ण कियाकलापको मुल्याङ्गन हरेक बर्षका वार्षिक साधारण सभामा हुन्छ ।
यद्यपि सहकारी संस्थाको सुपरिवेक्षण तथा अनुगमन नियामक निकायबाट हुन्छ । अतः सदस्यहरुले आफ्नो लगानी रहेको सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणाली पारदर्शिता चाहन्छन् । तर पारदर्शिता भएन भने संस्था दुघटनामा पर्न सक्छ । यस्ता दुर्घटना हुन नदिनको लागि सम्पूर्ण सदस्यहरुले आ—आफ्नो स्थानवाट निरन्तर रुपमा संस्थाको अध्ययण तथा सुपरिवेक्षण गरिरहन आवश्यक छ । जसले गर्दा संस्था सुशासनमा कायम रहन सक्छ ।
सुशासन भन्नाले मेरो बुझाईमा सु भन्नाले असल र अनुशासन भन्ने बुझ्नु पर्दछ । शासन भन्नाले व्यवस्था, प्रणाली, र संस्कार भन्ने बुझ्नु पर्दछ । अत सुशासन जुन सुकै ठाउमा, परिवारमा, संघ संस्थामा, कार्यालयमा, कलेज, स्कूल, राज्य आदिका सवै संयन्त्रहरुमा सुशासनको उतिकै महत्व रहेको हुन्छ । जस्ल गर्दा संघ संस्था चुस्त र दुरुस्त हुन्छ । वित्तिय क्षेत्रमा हरेक अवस्था झन चुस्त र दुरुस्त हुन अति आवश्यक छ । सदस्यहरुको वित्तिय, गैर वित्तीय लगानीमा संस्था संगठित गर्न सकिन्छ । त्यसैले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न नसकेमा जुन सुकै वेला पनि दुर्घटना निम्तिन सक्छ । त्यस्तो दुर्घटनाको खवर हामी सामुनै धेरै उदाहरणको रुपमा रहेको छ ।
सहकारी संस्था व्यक्तिले संचालन नगरि नीति, विधि र प्रविधिवाट संचालन गर्नु पर्दछ । सहकारी संस्था सहकारी मूल्य मान्यता अनुसार चल्नु पर्दछ जस्ले गर्दा सहकारी संस्थामा कुनै किसिमको बाधा, समस्या र दुर्घटना हुनवाट वच्न सकिन्छ । सहकारी संस्थामा सुशासन कायम गर्न संगठनात्मक संरचना एकिन हुनु पर्दछ । सहकारी संस्थामा तह संरचना कायम हुनु पर्दछ । अत यी सवै कुरालाई सुशासनमा कायम गर्नको लागि संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्य, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी वर्गहरु सवैको आ—आफ्नो मत्वपूर्ण भुमिका रहेको हुन्छ । तसर्थ सुशासन कायम गर्न कुसल नेतृत्वदायी संचालक समिति र सामुहिक रुपमा टिम वर्क गर्ने कुसल व्यवस्थापन गर्नु हुने सम्पूर्ण कर्मचारीहरुको भुमिकाका कारणले संस्था सुशासनमा कायम राख्न सकिन्छ ।
सहकारी संस्थामा सुशासनको आवश्यकता :
सहकारी संस्थालाई अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा परिचित गराउनको लागि ।
सहकारी संस्थाको चौतर्फी विकासको लागि ।
समुदायमा आधारित सहकारी संस्थाको पहिचान गराउनको लागि ।
सहकारी संस्था सम्पूर्ण सदस्यहरुकोे अपनत्वको महशुस गराउनको लागि ।
संस्थामा कार्यरत सम्पूर्ण नेतृत्वदायि संचालक र कर्मठ व्यवस्थापनको छवि उच्च राख्नको लागि ।
सामुहिक, सामुदायिक र सामाजिक कार्यलाई सहज गर्न ।
सहकारी संस्थालाई सदस्यहरुको साझा चौतारीको रुपमा विकास गर्नको लागि ।
देश राज्यको ऐन, नियम, नीति, कार्यविधिको कार्यान्वयणको लागि ।
धनी र गरिवको खाडल हताई राष्ट्र विकासमा तेवा पु¥याउनको लागि ।
वित्तीय जोखिम न्यूनिकरण गर्नका लागि ।
नियामक निकायद्वारा जारी निर्देशन परिपालना गर्नका लागि ।
वित्तीय पारदर्शिताको लागि ।
संस्था र सदस्यहरुबीच पारिस्परिक सम्वन्ध कायम गर्नको लागि ।
निर्धारित समयभित्र कार्य सम्पादन गर्नको लागि ।
जिम्मेवार पदाधिकारीहरुको जिम्मेवारी बहन गराउनको लागि ।
सहकारी संस्थामा सुशासन कायम गर्ने तरिका:
सहकारी ऐन २०७४ र नियमावली २०७५ को पुर्ण परिपालना गर्ने ।
एक सहकारी एक सदस्यता कायम गर्ने ।
कार्यक्षेत्र भित्र मात्र सदस्यता कायम गर्ने ।
सदस्य शिक्षा शिविर निरन्तर दिँदै जानु पर्ने ।
परामर्श नगरि ऋण लगानी नगर्ने ।
ऋण सम्वन्धी अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिनु पर्ने ।
वार्षिक संस्थागत गतिविधिहरुको तालिका तयार गरि सदस्यहरु माझ सम्प्रेषण गर्ने ।
त्रैमासिक रुपमा आन्तरिक लेखा परिक्षण अनिवार्य गराउने ।
वार्षिक रुपमा बाह्य लेखा परिक्षण समयमै अनिवार्य गर्ने ।
वार्षिक साधारण सभा समयमै नियमानुसार अनिवार्य गर्ने ।
संचालक समतिको अनिवार्य नियमित वैठक वस्ने संस्कार वसाल्ने ।
कर्मचारीहरुको अनिवार्य रुपमा साप्ताहिक वैठक संचालन गर्ने ।
उच्च तहको कर्मचारीहरुको वैठक तथा रिपोर्टिङ्ग दैनिक रुपमा तय गर्ने ।
त्रैमासिक समिक्षा अनिवार्य समयमै गर्ने ।
वार्षिक व्यवसायिक वजेट आर्थिक वर्षको अन्त्य सम्ममा प्रक्षेपण गर्ने ।
सदस्यहरु माझ सम्पूर्ण सूचनाहरु समयमै सम्प्रेषण गर्ने ।
समयमै करका सम्पूर्ण कार्यहरु सम्पादन गर्ने ।
सम्पति शुद्धिकरण ऐनको परिपालना गर्ने ।
अन्तर्राष्ट्रिय तहको भरपर्दाे बैकिङ्ग सफ्टवयेर प्रणालीको प्रयोग गर्ने ।
जोखिम न्यूनीकरणका प्रावधानहरुको व्यवस्था गर्ने ।
त्रैमासिक प्रतिस्पधीहरु विच व्याजदरको समिक्षा गर्ने ।
न्युनतम संस्थाको आवश्यक ६ वटा नीतिको व्यवस्था गर्ने ।
सहकारी संस्थालाई पल्र्स सूचक भित्र कायम गर्ने ।
सदस्यहरुमाझ बर्तमान परिप्रेक्ष्यका गतिविधिहरुका वारे सुसूचित गराउने ।
सझेदारी रुपमा संयुक्त कार्यक्रमहरु सचालन गर्ने ।
लाभांश वितरण लाभांश कोषमा रहेको रकम बरावरमात्र वितरण गर्न सदस्यहरुलाई सुसुचित गराउने ।
आदर सम्मान गर्ने परिपाटीको विकास गर्ने ।
सदस्य शिक्षा, गुणस्तरिय सुशासन, कर्मचारीको बृत्ति विकास, सस्थागत नीति नियम, तालिम, शिक्षा, स्वास्थ्यको विकास गर्ने ।
सदस्य सर्वेक्षण कार्यको निरन्तरता र सदस्यता अद्यावधिक कार्य नियमानुसार गर्ने ।
संचालक समिति र कर्मचारीहरुले ऋण लिने र दिने परिपाटिलाई हटाउने ।
सदस्यहरुबीच वित्तीय साक्षरता र शिक्षा परिपालना गराउने ।
सामाजिक सुरक्षाकोषमा रोजगारदाता र कर्मचारीहरु संलग्न गराई कर्मचारीको सुरक्षा र कार्य क्षमतामा बृद्धि गराउने ।
श्रम ऐनलाई परिपालना गर्ने ।
सहकारी संस्थामा सुशासन कायम गर्न ध्यान दिनु पर्ने विषय
संस्थाको क्षमतालाई ध्यान दिनु पर्दछ ।
कर्मचारीको कार्य क्षमतालाई पहिचान गर्नुपर्दछ ।
देशको ऐन नियमको बारेमा जानकारी हुनु पर्दछ ।
पदाधिकारीहरुको छनौट गर्दा योग्यता, अनुभव, ज्ञान, सीप र दक्षतालाई ध्यान दिनु पर्दछ ।
कर्मचारीहरुको नियुक्ति गर्दा तालिम, अनुभव र शैक्षिक योग्यतालाई विशेष ध्यान दिनु पर्दछ ।
नीति नियमको कार्यान्वयनमा विशेष ध्यान दिनु पर्दछ ।
समग्रमा भन्नु पर्दा सन् १९८० को दशकताका संयुक्त राष्ट्र संघवाट सुशासन प्रवद्र्धनका विषयमा प्रयास गरेको तथ्य पाइन्छ । तर नेपालमा सन् १९९० (२०४६ वि.स.)को राजनीतिक परिवर्तन पश्चानमात्र सुशासनको विषयले स्थान पाउन थालेको तथ्य छ । नेपाल सरकारले सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ र नियमावली २०६५ जारी गरेको छ । यस ऐनले सार्वजनिक सेवा र प्रशासनलाई केन्द्रमा राखेको पाईन्छ । वर्तमान समयमा नेपालको सन्दर्भमा भन्ने हो भने सार्वजनिक, निजी र सरकारी एवं गैरसरकारी सबै संघसस्था र निकायहरुले सुशासनका बारेमा चासो राखेको देखिन्छ । किनकी सुशासन बिना संघसंस्था व्यवस्थित रुपमा संचालन गर्न नसकिने अनुभुती भएको छ । तर सुशासन भनिने मात्र विषय होइन, यो त अभ्यास गरिने विषय हो । त्यसैले सुशासन अनुभुति हुन्छ भन्ने होइन की सरोकारवालहरुले अनुभूति गर्ने विषय मात्र हो । सुशासन स्वनियमनको विषय हो ।
सुशासन बिनाको स्वनियमन र स्वनियमन बिनाको सुशासन परिकल्पना गर्न सकिन्दैन । स्वनियमन साधन हो भने सुशासन यसको साध्य हो । सुशासन र स्वनियमन दुवै सचालनको क्रममा अदृष्य तर अति महत्वपूर्ण पक्षको रुपमा लिनु पर्दछ । सुशासन अदृष्य भौतिक वस्तु भएकोले यसलाई कार्य सम्पादन, प्रणाली, नीति, विधि र सकारात्मक नकारात्मक रुपमा अनुभूति गर्न सकिन्छ । सुशासनको मुल्याङ्कनको नियमित प्रतिवेदन प्रणाली, कार्य सम्पादन मुल्याङ्कन, तोकिएको ढाचाको कार्य सम्पादन, प्रजातान्त्रिक अभ्यास, जनशक्ति विकास, बृत्ति विकास, नेतृत्व विकास, अधिकार र कर्तव्य प्रत्यायोजन, थप जिम्मेवारी बहन, स्वभाव र बानी व्यवहारमा परिवर्तन आदिको परिक्षणबाट सुशासनको लेखाजोखा गर्न सकिन्छ ।