Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

दासत्व उन्मुलन दिवसको कुरा गर्दा !


२०७६ मंसीर १६ गते , सोमवार प्रकाशित

  मानब समाज मूलतः आदिम साम्यवादी युगपछि दास युगमा परिणत भएको बिश्व समाजको इतिहास रहको छ  । त्यस युगमा दास र दास मालिक दुइ बर्गमा समाज बिभाजित थियो । सबै श्रोत साधनबाट बञ्चित र मालिकको मनपरी नै दासहरुको नियति थियो । तर दासहरु दास मालिकको चौतर्फी दासत्व र मनपरीबाट मुक्त हुन बिराट संघर्षहरु गरेको पनि दास युगको इतिहास छ । त्यस्तो इतिहासमध्ये स्पार्टकस बिद्रोह बिश्व प्रसिद्ध र रोमाञ्चकारी इतहिास रहेको छ ।  

आज मानब समाजलाई सभ्य मानिए या भनिए पनि अहिले पनि मानब समाजमा बिभिन्न किसिमकका दासत्वले पकड जमाएकै छ । त्यो राजनीति, अर्थतन्त्र, समाजिक संरचना र सँस्कृति हरेक क्षेत्रमा एक वा अर्को किसिमले ब्याप्त छ ।जसले गर्दा थाहा पाएर या नपाएर मानिसहरु दासत्वको शिकार भइरहेका छन् । यसमा पनि बिपन्न बर्ग खासगरी महिला, मजदुर, किसान यो दासताको सङ्गलोले नराम्रोसँग जकडिएका छन् । 

  बौद्धिक दासता पनि कम गम्भीर छैन । आज बौद्धिक दासताले गर्दा बिपन्न बर्गको दासत्वलाई टिकाउन र मलजल गर्ने काम बिश्वब्यापीरुपमा भइरहेको छ । गलत बिचारको दास भएर हिडेपछि जतिसुकै सभ्य र सुसँस्कृत जस्तो देखिए पनि त्यसले समाजलाई सही दिशामा परिबर्तन र बिकसित तुल्याउन कदापि मद्दत गर्दैन ।  

आज यो बौद्धिक दास मानसिकता नै सबैभन्दा ठूलो समस्या बनेर खडा भएको र देश र जनतालाई अल्मल्याउने काम गरिरहेको छ । सत्ताले यस्तै दासतालाई मलजल गर्दछ र यथास्थितिलाई काखी च्याप्छ । यसलाई सही किसिमले चिर्न नसकेसम्म समाजमा बिकास, समृद्धि र समुन्नत सँस्कृतिको जग बस्न र सबै किसिमले समाज अघि बढ्न सक्तैन । समानता, न्याय र प्रगतिले मानबीय गति पनि पाउन सक्तैन ।  

दासत्व उन्मुलन दिवसको कर्मकाण्डीय कुरा गरेर मात्र केही अर्थ हुदैन । आज सबै किसिमका शोषणको जग दासत्वकारी चिन्तन, चरित्र र ब्यवहारलाई चिर्न दृढतापूर्वक अग्रसर हुन सकेमा मात्र सबै किसिमको दासत्वबाट मुक्त हुन सकिन्छ । यस बिषयमा गम्भीर बनौ र सबैखाले भ्रमहरुलाई चिर्दै र सचेतना जगाउदै अघि बढौं !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif