Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

राष्ट्रपति बिद्यादेबी भण्डारीद्वारा १३औं सार्क खेलकूदको उद्घाटन


२०७६ मंसीर १५ गते , आईतवार प्रकाशित

 दशरथ रंगशालामा आयोजित दक्षिण एशियाली सहयोग संगठन (सार्क) १३औ खेलकूदको एक भब्य समारोहका बीच राष्ट्रपति बिद्यादेबी भ भण्डारीले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा उपराष्ट्रपति, रक्षामन्त्री, यूबा तथा खेलकूद मन्त्री लगायत बिभिन्न दलका नेता तथा सार्क देशका खेलाडी र दर्शकहरुको ठूलो उपस्थिति रहेको थियो । सार्क संगठन आफै सुचारु हुन नसकिरहेको भए पनि सार्क अन्तरगत खेलकूदका आयोजना भने हुने गर्दै आएको छ ।      साँझ ५ बजेदेखि रंगशालामा सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै यस तेह्रौं सार्क खेलकूदमा सहभागी सातै देशका खेलाडीले मार्च पास गरेका थिए । 
  उद्घाटन सत्रमा पनि सर्वसाधारण तथा दर्शकको भब्य उपस्थिति रहेको  थियो । आजबाट १० दिनसम्म चल्ने १३औं सार्कका खेलकूदहरु काठमाण्डौ, पोखरा र जनकपुरधा समेत नेपालका तीन पर्यटकीय शहरहरुमा आयोजना हुने भएकाले नेपालमा आयोजना हुन लागेको पर्यटन भ्रमण बर्ष २०२०लाई पनि यसले सहयोग पुग्ने अपेक्षा लिइएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif