Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

सनराइज बैंकको १२५ औं शाखा परासी बजारमा


२०७६ मंसीर १५ गते , आईतवार प्रकाशित

सनराइज बैंकले नवलपरासी स्थित परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता र  बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif