Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

प्रभु बैंक रसुवाको टिमुरेमा


२०७६ मंसीर १५ गते , आईतवार प्रकाशित

प्रभु बैंक लिमिटेडले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा आफ्नो १९८ औं शाखा सञ्चालनमा ल्याएको छ । गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले एक समारोहबीच उद्घाटन गरे । 

बैंकको टिमुरे शाखा कार्यालय सञ्चलानमा आएसँगै सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको टिमुरे शाखा कार्यालयबाट स्थानीय बासिन्दाबीच बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif