Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

हस्तकला मेलामा ज्येष्ठ कलाकार सम्मानित


२०७६ मंसीर १५ गते , आईतवार प्रकाशित

नेपाल हस्तकला महासङ्घले हस्तकला विद्यामा लामो समय योगदान गरेका १० ज्येष्ठ कलाकारलाई सम्मान गरेको छ । महासङ्घले १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको अवसरमा ज्येष्ठ कलाकारलाई धातूको ताम्रपत्र, दोसल्ला र खादाद्धारा सम्मान गरेको हो । 

सम्मानित हुनेमा काष्ठकला विधामा ललितपुरका ८४ वर्षीय बद्रीकृष्ण शिल्पकार, सेरामिक्समा भक्तपुरका ८३ वर्षीय न्हुच्छेभगत प्रजापति, धातुपत्रकलामा ललितपुरका ८२ वर्षीय प्रेमकृष्ण ताम्राकार, धातुमूर्तिकलामा ललितपुरका ७९ वर्षीय माईला शाक्य, तामा, पित्तलकलामा ललितपुरका ७८ वर्षीय हेमरत्न बज्राचार्य रहेका छन् । 

यस्तै, कृष्टल मुगाकलामा ललितपुरका ७६ वर्षीय कान्छा शाक्य, फिलिग्रीकलामा ललितपुरका ७६ वर्षीय न्हुक्षेनानी शाक्य, चाँदीको धार्मिक कलामा ललितपुरका ७५ वर्षीय हेरारत्न शाक्य, हस्तीहाडकलामा ललितपुरका ७४ वर्षीय पूर्ण विश्वकर्मा स्थापित र चित्रकलामा काठमाडौँका ७३ वर्षीय रत्नबहादुर बज्राचार्य सम्मानित भए ।    यसैगरी मेलामा पुरानो इतिहास बोकेको हस्तकलाको विकासका लागि नेचुरल फाइबरसम्बन्धि गोष्ठी सम्पन्न गरिएको छ । 

कार्यक्रममा उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले नेपालको हस्तकलाको विकासका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको बताए । “मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा हस्तकलाले महत्वपूर्ण भूमिका खेलेको छ,”–उनले भने ।

व्यापार तथा निकाशी प्रवद्र्धन बोर्डका उपनिर्देशक राजेन्द्र सिंहले नेपालमा सीमित स्रोत साधनका बावजुद हस्तकला क्षेत्रमा धेरै सामाग्री उत्पादन गरेको जनाउँदै आलस, अल्लो र जुटको व्यावसायिक खेती नहुँदा प्राकृतिक रेशाजन्य हस्तकला विकासमा समस्या परेको उनको भनाई थियो । 

   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif