Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

बिभिन्न बालनालीको उन्नत बिऊ किसानलाई बितरण


२०७६ मंसीर १५ गते , आईतवार प्रकाशित

 शहबाज खान


कृष्णनगर ÷कपिलवस्तुको कृष्णनगर नगरपालिकामा किसानहरुको सहजताको लागि र नगरपालिका भित्रका जनताहरु कृषिमा बढी अत्मनिरभर रहेको खेती योग्य भूमि रहेको ले नगरपालिका को वडा कार्यलय र कृषि शाखा को माध्यम ले उन्नत जातको हाईब्रिड मसूरो,तोरी,गँहू र तरकारीको बिऊ वितरण गरेको कृषि शाखाका अधिकृत सूदिप मौर्याले बताए ।   किसानहरुलाई उन्नत जातको हाईब्रिड बिऊ मसूरो ६५०किलो लगभग १३०जना,तोरी बिऊ ८५०किलो लगभग ९०० जना,४,२००किलो.गँहू र तरकारीको बिऊ ७९० सेट लगभग १०००जना लाई बितरण गर्नुको साथ साथै सिचाई योग्य रहेको भूमिमा लगाउन र नया बिऊ लगाएको पैदावार र यसको गुणस्तरको बारेमा नगरपालिकाको कृषि शाखा तथा वडा कार्यलयहरुमा जानकारी गराउनका  लागि कृषि शाखा प्रमुख चन्द्राम चौधरीले अग्रह समेत गरेका थिए।   कृष्णनगर नगरपालिकाले आफ्नो नगरपालिका भित्र बैदेशिक रोजगार घटाउनको लागि कृषि क्षेत्रमा बढी लगानी गरिरहेको छ। प्रत्येक गाऊ टोलमा कृषक समूह बनाई नवयुवकहरु आफ्नै खेतबारीमा मेहनत गरी बेमौसमी तथा मौसमी तरकारी उत्पादन गरेर स्वादेश मै रोजगारी सिर्जना गर्नको लागि नगरपालिकाले अग्रह समेत गरिरहेको समाचारमा जनाइएको छ ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif