Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

नेपाली जनताको सचेत एकता र संघर्षले सीमा बिबाद लगायत समस्याको हल गर्छ


२०७६ मंसीर १४ गते , शनिवार प्रकाशित

  कालापानी, लिपु लेक र लिम्पियाधुरा नेपालकै भूमि हो र त्यसका निमित्त नेपालसँग सन्धिपत्र, अन्य लिखतहरु तिरो तिरेका रसिद र अन्य कागजातहरु, तथा घटना परिघटनमन पर्याप्त प्रमाणहरु छन् । जसले गर्दा भारतले जबर्जस्ती हाम्रो भूभागलाई आफ्नो भने दाबी गर्दै नक्शा जाहेर गर्नु सरासर दादागिरी हो । इतिहासका तथ्यहरुर बैज्ञानिक तथा ऐतिहासिक जुनसकुै आधारमा नेपालको जमिन भारतले मिचिरहेको प्रमाणित हुन्छ । यस स्थितिमा भारतले जबर्जस्ती नेपाली भूमि हड्पेर मेरो हो भन्नु घोर अन्याय र दादागिरी हो । तसर्थ सरकारले यसै आधारमा आधिकारिक नक्शा जारी गर्नु पर्दछ र दिल्लीलाई जोडदाररुपमा प्रष्ट पार्नु पर्दछ अनि जनतालाई पनि यो कुराको जानकारी राम्रोसँग गराउनु पर्दछ । यसरी तर्क,ऐतिहासिक दस्ताबजेका प्रमाणहरु,अन्तर्राष्ट्रियरुपमा सीमा नदी हुनका लागि आबश्यक पर्ने आधारहरु सबै कुराले नेपालको भूमि भारतले हड्पेको छ र यो उसले छोड्नु पर्दछ भन्ने कुरा हामीले जोडदररुपमा उठाउनु पर्दछ ।  यसै आधारमा भारतसँग प्रष्ट र ठोस बार्ता गरेर गुमेको भूमि फिर्ता लिने र भारतीय सुक्षा सुरक्षाकर्मी हाम्रो भूमिबाट हटाइनु पर्दछ ।यो कुरा भारतले गरेको सीमा अतिक्रमणका बिरुद्ध सांगित सडक आन्दोलन शुरु गर्दै आयोजित कार्यक्रममा बोल्दा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठले प्रष्ट पारेका हुन् । उनले भारतसँग दुइ पक्षीय, भारत, चीन र नेपाल सहीतको त्रिपक्षीय तथा संयुक्त राष्ट्र संघ समक्ष उजुरी दिने कामा पनि गर्नु पर्ने हुनछ । सरकराले यसको तयारी गरोस् भन्नेमा श्रेष्ठले जोड दिए ।
    यसै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता लोकनारायण सुबेदीले भने —‘ नेपाल र भारतको सम्वन्ध असहजर, असमान र अप्ठारो स्थितिमा हुँदा पनि दुबै तर्फका शासक बर्गले यो सुमधुर, बिशेष र घनिष्ठ छ भन्न छोडेनन् । त्यसले भारतीय सत्ताले नेपालको सीमाना मिच्ने, अतिक्रमण गर्न र सार्बभौम नेपालको जीमन हड्पेर बस्ने काम भइरह्यो । कालपानीको समस्या १९६२ देखि शुरु भएको । त्यसयता अनेक सरकारहरु बद्लिए तर नेपाल–भारत बीचको सम्वन्धमा कुनै सुधार आएन । जस्ताको तस्तै यथास्थितिमा रह्यो र यसले बारम्बर संकट निम्त्याउने गर्यो । आज हामी यस्तै संकटका् बीचबाट गुज्रिरहेका छौं’ । 
  सुबेदीले थप भने – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता तथा नेपाली जन आन्दोनलका मार्गदर्शक कमरेड पुष्पलाले भने जस्तै ‘जबसम्म तराईका सत्तु, पहाडका ढिडे र उपत्यकाका गोर्चाहरु सचेतरुपमा एकजुट हुदैनन तबसम्म नेपालको राष्ट्रियता पनि सबल हुँदैन, रापिष्ट्रय सार्बभौमिक अखण्डताको रक्षा पनि हुन सक्तैन । नेपालको जनतन्त्र,जन जीबिका र राष्ट्रियतका समस्याहरु पनि हल हुन सक्तैनन्  । तसर्थ आज बिभिन्न किसिमले पहाडे, मधेशी, जनजाति, खस पूबेली पश्चिमेली भनेर जनतालाई परस्परमा लडाउने, एकजुट हुन नदिने र बाह्य हस्तक्षेप र आन्तरिक दमन उत्पीडनबाट पनि मक्त हुन नदिने साम्राज्यादी षडयन्त्रमूलक नीतिको हामीले घोर बिरोध गर्नु पर्दछ । यसरी मात्र सीमा अतिक्रमण र हस्तक्षेपको अन्त्य हुन सक्तछ । कार्यक्रममा बीच बीचमा कलाकर्मीहरु दिपेन्द्र देवान र माधव श्रेष्ठहरु लगायतले सांगितिक प्रस्तुति दिदै देशभत्तिपूर्ण जागरणका महत्वपूर्ण गीतहरु गाएका थिए । यस्त कार्यक्रमहरु निरन्तर गर्दै जाने र जनतलाई सचेत र संघर्षशील तुल्याउदै जाने बताइएको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif