चौबिस बोरा बेवारिसे प्याज प्रहरी टोलीद्वारा बरामद
शहबाज खान
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट भन्सार छली ल्याइएकाे २४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको हाे । पछिल्लो समयमा प्याजको मूल्य झनै बृद्धि भएकाले प्याज तस्करी सलबलाएको स्थानीय बताउँछन् ।
बरामद गरिएको प्याज आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएकाे छ । उक्त प्याजको अनुमानित मूल्य दुई लाख एक्सठ्ठी हजार रुपयाँ रहेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।