Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

प्राबिधिक बिद्यार्थी धेरै बाेकेर दुर्घटना


२०७६ मंसीर १४ गते , शनिवार प्रकाशित

   
- सीताराम थापा       
   
                                     

बागलुङ जैमिनी नगरपालिकामा पिकअप जिप दुर्घटना भएको छ । बरेङबाट बलेवाको लागि छुटेकाे ध१ज२०७ नम्बरको पिक अप जिप कुश्मीशेराकाे टारा तल्लाे बजारमा पल्टियर  दुर्घटना भएको हो ।  

घटना स्थलमा २५ जना घाईते भएकाे जनाईएकाे छ। दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले जनाएको छ । उनीहरुलाई स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको जैमिनी नगरपालिकाकाे प्रमुख इन्द्रराज पाैडेलले बताए ।    १५ जना बाहेक अरु  ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार भइरहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ ।

पिकअप भ्यान सडकमै उत्तानो परेर पल्टिएकाे प्रहरी चौकी कुश्मीशेराका प्रमुख अमृत बगरले बताए । यात्रुहरुका अनुसार वलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्स्टीच्यूटमा अध्ययनरत विद्यार्थी बरेङ गाउँपालिकामा स्थलगत अध्ययनको लागि पुगेर फर्किंदै गर्दा दुर्घटना भएको हो । ३० जना यउटै जिपका सवार गर्दा लाेडले पनि घटना घटेकाे नागरिक समाजकाे अगुवाहरुकाे बुझाई छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif