Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

बितण्डाका बिरुद्धमा


२०७६ मंसीर १४ गते , शनिवार प्रकाशित

 बिद्रोही     यो जनताको इतिहास हो कि होइन हेर्न बाकी छ उनीहरुको भागमा के के पर्छ अझै पर्गेल्न बाँकी छ किनकि खुलस्त भएको छ सबै कुरा अहिलेसम्मको केवल बिभेद, बिषमता, बिपन्नता र बेरोजगारी मात्र हरेक परिवर्तन पछि पनि जनताले बहोर्नु परेको छ ।   देखे उनीहरुले परिवर्तन पछिका अनेक बितण्डाहरु नेताहरुका बिलाश र बैभवका बिशाल महलहरु ! हिजो झोपडीका गीत गाउनेहरु ढोंगी रहेछन् कुर्सीका भोका र आफ्नै सुखशयलका रोगी रहेछन् सोच्दैछन निदान खोज्नै पर्छ यस्ता सरुवा महामारीको ।   पिपलपाते कुरा गरेर जनतलाई अल्मल्याउनेहरु बिदेशतिर लम्पसार परेर सत्तामा जान रमाउनेहरु कुस्त सम्पत्ति कुम्ल्याएर भ्रष्टाचारको सम्मान गर्नेहरु देखे जनताले को को हुन् झुसिलो डकार डकार्नेहरु    औषधी गर्ने पर्ने निष्कर्शमा पुग्दैछन् मन मस्तिष्कहरु ।   बुझदैछन् पाखण्डका पखेटा काटेर धुज्जा धुज्जा नपारेसम्म फोस्रो आदर्श र खोक्रो ब्यबहार गर्ने प्रबृत्ति नमारेसम्म देश र जनता कहि पनि कतै पनि कहिले माथि उक्सिदैनन् केवल बैषम्यता र बिभाजनको बोझले सँधै थिचिरहन्छ बिकासहीनता बिपन्नता र बेरोजगारीले सँधै किचिरहन्छ !        

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif