Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

" सिकाली तेलको बजारीकरणमा लागेका छौं "


२०७६ मंसीर १२ गते , विहीवार प्रकाशित

तिर्थराम डंगोल
अध्यक्ष, सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.


ललितपुरको खोकनामा रहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था २०६७ सालदेखि विशुद्ध तोरीको तेल उत्पादनमा लागिपरेकोे छ । सहकारीमार्फत ‘खोकना सिकाली तेल’को नामबाट संस्थाले तेल उत्पादन गरी बजारमा विक्रीवितरण गर्दै आएको छ । खोकनामा रहेका ४ वटा परम्परागत तेल मिल बन्द भएपछि आफूहरुले तेल मिल शुरु गर्दा धेरैले लामो समय टिक्न नसक्ने बताएको संस्थाका अध्यक्ष तिर्थराम डंगोल स्मरण गर्छन् । शुरुका दिनमा चुनौतिकासाथ आफूहरु तेल उत्पादन थालेको उनले बताए । अहिले भने उपभोक्ताको माग धान्न निक्कै हम्मे परेको उनले जानकारी दिए । शुरुका दिनमा जहाँजहाँ सहकारीका कार्यक्रम हुन्थे त्यहाँ पुगेर खोकना सिकाली तेलको प्रचार गर्ने गरेको उनले बताए । अहिले पनि सहकारीका विभिन्न कार्यक्रममा तेलको विक्री वितरण तथा अतिथिहरुलाई कोसेली स्वरुप तेल प्रदान आएका छन् डंगोलले । सहकारीमार्फत उत्पादनमा लाग्न सकिने भन्दै अध्यक्ष डंगोलले यसका सरकारको सहयोग भने आवश्यक रहेको जनाए । सिकाली बहुउद्देश्यीय सहकारीको शुरुवात, संस्थाले सञ्चालन गरेका गतिविधि र सिकाली तेलको उत्पादन र बजारीकरणका विषयमा अध्यक्ष डंगोलसँग नेपालपत्र न्यूजले गरको कुराकानी: 



सिकाली बहुउद्देश्यीय सहकारी संस्थाको शुरुवात कसरी भयो ? 

यो संस्था स्थापना हुनुभन्दा अगाडि २०५३ सालतिर बचत गर्ने बानी बसालौं भनेर केहि साथीहरु मिलेर यूवा बचत तथा ऋण परिचालन समुह स्थापना गरेका थियौं । लामो समयको अन्तरालपछि २०५८ साल चैत्र महिनामा कार्यविनायकमा बनभोज कार्यक्रम ग¥यौं । बनभोज कार्यक्रममा ६३ जनाको सहभागिता रहेको थियो । युवाहरुको सक्रिय सहभागिता देख्दा सहकारीमार्फत केहि गरौं भन्ने जोशजाँगर हामीमा आयो । त्यसपछि हामीले तदर्थ समिति गठन ग¥यौं । २०५९ साल जेष्ठ महिनामा नेपालको सहकारी अभियानमा ललितपुरबाट एउटा ईंटा थप्ने काम हामीले ग¥यौं । 

त्यसपछि सिकाली बहुउद्देश्यीय सहकारीलाई कसरी अगाडि बढाउनुभयो ? 

सहकारी स्थापना भएपछि पहिलो कुरा आर्थिक पाटो नै आउँछ । हामीले बचत ऋण कारोबार सुरु ग¥यौं । सदस्यहरुलाई ऋण दिन थाल्यौं । संस्थाबाट सानो ऋण लिएर जितराम महर्जनले बैद्यखानाबाट औषधी लगेर खोकनामा औषधी पसल सुरु गर्नुभयो । त्यसले हामीमा थप जोश जाँगर आयो । त्यसपछि महिला सदस्यहरुले ऋण लिएर कपडा सिलाउने काम गर्नु भयो । बहुउद्देश्यीय सहकारी भएको नाताले बचतऋण कारोबार मात्र गरेर पुग्दैन भनेर हामीले व्यवसायतिर हात हाल्यौं । बहुउद्देश्यीय संस्था भएकाले कुन काम गर्दा उपयुक्त हुन्छ भनेर सञ्चालक भित्र धेरै वर्ष छलफल ग¥यौं । छलफलको ३ वर्षपछि हाम्रो पूर्खाले शुरु गरेको र नेपालको इतिहासमा नाम कहलिएको खोकनाको शुद्ध तोरीको तेललाई प्रवद्र्धन गर्ने हिसाबले यो व्यवसाय शुरु ग¥यौं । त्यो बेला खोकनामा ४ वटा तेल मिल थिए । ती तेल मिल विस्तारै बन्द हुँदै गए । युवा पिंढीले त्यसमा इच्छा नदेखाउनु र पुरानो प्रविधिबाट तेल उत्पादन गर्दा लागत बढि पर्ने र उत्पादन कम हुनुका साथै बजारमा उचित मूल्यको अभावले मिल बन्द हुन पुगे । त्यसपछि हामीले सहकारीमा तेल मिल सञ्चालन ग¥यौं । शुद्ध तेल खाउँ र सदस्यलाई पनि खुवाऊ । छिमेकी गाउँहरुमा यसको प्रचार गरौं भनेर ०६७ साल बैशाख ५ गतेबाट तेल उत्पादन शुरु गरेका हौं । 

त्यतिबेला कति मात्रामा तेल उत्पादन गर्नुहुन्थ्यो, आजको अवस्था के छ ? 

हामीले तेल उत्पादन शुरु गर्दा सदस्यहरुबाट पनि निरुत्साहनको कुरा आएको थियो । खोकनाका ४ वटा मिल बन्द भइसके । सिकालीले सुरु गरेको मिल पनि डुब्छ र संस्था नै डुब्न सक्छ भन्ने कुरा धेरैले गरेका थिए । तर पनि हामी डराएनौं र सहकारीमार्फत गएपछि सफल हुन्छौं र बजारमा राम्रो विक्री गर्न सक्छौं भन्ने पूरा विश्वासका साथ अघि बढ्यौं । सुरुमा ६ भोलम स्पलर र कोलबाट तेल उत्पादन गरेका थियौं । पहिलो ३ वर्ष लगातार हामी घाटामा थियौं । घाटामा जाँदाजाँदै पनि सिकाली तोरीको तेल उत्पादन रोकेनौं । विभिन्न सहकारीको कार्यक्रममा जाँदा खोकनाको तोरीको तेल, र सिकाली बहुउद्देश्यीय संस्थाको गतिविधिको बारेमा प्रचार गर्दै रह्यौं । यसले तेलको मागमा वृद्धि हुँदै आयो । सुरुमा दैनिक १ सय लिटर मात्रै तेल उत्पादन हुन्थ्यो । अहिले दैनिक २५० लिटर तेल उत्पादन गरिराखेका छौं । 

तेलको बजारीकरण कसरी गरिराख्नु भएको छ ? 

सुरुमा हाम्रो उत्पादन ललितपुरलाई नै नपुगेको अवस्था थियो । सहकारीमार्फत नै बजारीकरण गरौं र अन्त नगए पनि हामीलाई बजारको अभाव हुँदैन भन्ने विश्वास हामीमा थियो । छिमेकी गाउँ खोकना, बुङमती, भैंसेपाटी,  चुनिखेल र चाल्नाखेलमा उत्पादनको ७० प्रतिशत खपत हुन्छ । बाँकी विभिन्न सहकारीको पसल र काउण्टरमा राखेर तेलको बजारीकरण गरिराखेका छौं । काठमाण्डौमा संकटा साकोसमा सबैभन्दा बढि खपत हुन्छ । कीर्तिपुर बहुउद्देश्यीय सहकारी र अन्य सहकारी संस्थाहरुमार्फत नै हामीले बिक्री गरिराखेका छौं । 

सरकारले बहुउद्देश्यीय संस्था भएपछि बहुउद्देश्यीय काम गर्नुपर्छ भनेर ऐन बनाएको छ, तपाईंहरु ६७ सालदेखि उत्पादनको काममा लाग्नुभएको छ, काम कत्तिको चुनौतिपूर्ण छ त ? 

सहकारी ऐन २०७४ मा ७० र ३० को कुरा आएको छ । नीतिनियमलाई हामीले पालना गर्नैपर्छ । हामीले सहकारीमार्फत अनुदानका कुरा राख्यौं । सहकारी विकास बोर्डमा अनुदानको कुरा राख्दा तेल मिललाई होइन तोरी उत्पादन गरे मात्रै पाउने कुरा आयो । विभिन्न कार्यक्रममा जाँदा सरकारबाट के सहयोग पाउनुभएको छ भनेर धेरैले सोध्नुहुन्छ । हामीले कुनै अनुदान पाएका छैनौं । सरकारबाट अनुदान वा केहि सहयोग पाउने आशामा हामी छौं । स्थानीय सरकारसँग हामीले कुरा गरिराखेका छौं । वडा अध्यक्षले आश्वासन दिनुभएको छ । अलिहेसम्म केहि सुविधा भने पाएका छैनौं । पाउने आसमा छौं । अनुदान पाउन सकिए यसलाई थप राम्रो र व्यवस्थित गरेर लैजाने हाम्रो योजना छ । सिकाली खोकना तेल अष्ट्रेलिया, जापान र विभिन्न देशमा पठाएका छौं । हामी सहकारीमार्फत अझ बृहत्त रुपमा उत्पादन गर्दै सदस्य र उपभोक्तालाई शुद्ध तेल खुवाउने प्रतिवद्धता जनाउँछौं । मानिसमा रोग ल्याउनेमा तेल पनि एउटा मुख्य कारण हो । हाम्रो भान्छामा बिहानदेखि बेलुकीसम्म तेल नभई हुँदैन । हामीले शुद्ध तोरीको तेल उत्पादन गरी बजारीकरण गर्दै आएका छौं । यसले उपभोक्ताको स्वास्थ्यमा कुनै असर पु¥याउँदैन । 



तपाईंहरु तोरीको तेलमा नै आफ्नो भविष्य खोज्नुहुन्छ ? 

बचतऋण मात्र गरेर हुँदैन । चीन, जापान, कोरिया लगायतका देशको बारेमा सुने अनुसार सहकारीले उत्पादनको काम नै प्रमुख रुपमा गरेका छन् । बहुउद्देश्यीय सहकारी संघ, ललितपुरका अध्यक्ष शरदकुमार महर्जन सहितको टोली चीन गएको थियो । चीनमा सबै सहकारी उत्पादनमा लागेको उहाँले बताउनुभयो । यसले हामीलाई थप हौसला मिलेको छ । नेपालमा कृषिलाई जोड दिनैपर्छ । भविष्यमा तेललाई व्यापक रुपमा उत्पादन गर्दै धेरैलाई शुद्ध तोरीको तेल खुवाउन हामी लागि परेका छौं । 

तोरीको व्यवस्थापन कसरी गर्नुहुन्छ ? 

नेपालमा तोरीको उत्पादन कम छ । ललितपुरको चापागाउँ र दक्षिणकाली, तराईको चितवन, बारा र दाङबाट तोरी ल्याउँछौं । त्यसले नपुगेर युक्रेन, क्यानडा र अष्ट्रेलियाबाट आएको तोरी व्यापारीबाट खरिद गर्छौं । बजारमा सबैलाई तेलको बारेमा ज्ञान नभएको कारणले सबैले सस्तो तेलमात्र खोज्छन् । तोरीमा पाम आयल मिसाएर व्यापारीले बेच्छन् र केहि सस्तो पाइन्छ । तोरीबाट ३२–३५ प्रतिशत लिक्वुइड आउँछ । सम्पूर्ण खर्च जोडेर हामीले तेलको मुल्य राख्छौं । अहिलेसम्मको मुल्य उपयुक्त छ भन्ने हामीलाई लाग्छ । तेलको माग छ भन्दैमा ग्राहक ठग्नु हाम्रो ध्येय होइन । 

तेल शुद्ध छ भनेर ग्राहकले कसरी पहिचान गर्न सक्छन् ? 

तोरीको तेल खाँदा पनि थाहा गर्न सकिन्छ । ग्राहकले आवश्यकता अनुसार तेल किन्ने हुँदा शुद्धअशुद्धको अनुभव गर्न सक्दैन । लामो समय तेल राखियो भने गन्ध आउँछ र मिसावट रहेछ भनेर थाहा हुन्छ । कपालमा लगायो भने च्यापच्याप लाग्छ । शुद्ध तेल कपालमा राख्दा पनि च्यापच्याप हुँदैन र बासना आउँछ । बोतल हल्लाउँदा हेर्दा शुद्ध तोरीको तेलको खाली भागमा पहेँलो फिँज आउँछ । मिसावट भएको तेलमा सेतो फिँज आउँछ । 

संस्थाको समग्र अवस्था र आगामी योजना के छ ? 

आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म १ करोड ४५ लाख शेयरपूँजी रहेको छ भने कुल कारोबार ८ करोड पुगेको छ । तेलको नै प्रवद्र्धन गर्ने सोच हाम्रो छ । कृषि प्रधान देश भएर पनि कृषि उपजमा परनिर्भरता बढ्दो छ । कृषिको लागि सिंचाई अभाव छ । सिंचाई बिना कृषि सम्भव छैन । उत्पादन पछि बजारीकरणको पनि समस्या छ । कृषिमा काम गर्ने जनसंख्या घट्दै गएको छ । कृषिप्रति नै वितृष्णा बढ्दै गएको छ । कृषिउपजको मात्रै अर्र्बाैंको आयात भइरहेको छ । नेपालमा कृषिको धेरै मात्रामा सम्भावना छ । हामीले कृषिगर्न जग्गा खोजीराखेका छौं । सहकारीका साथीहरु मिलेर जडिबुटी खेती पनि शुरु गरेका छौं । सहकारीमार्फत तरकारी खेती गर्ने लक्ष्य लिएका छौं । 

अन्त्यमा, 
विशुद्ध रुपमा उत्पादनमा लागेका जुनसुकै सहकारीलाई उत्पादन बढाउन प्रोत्साहन गर्न आवश्यक छ । यसका लागि स्थानीय तह, जिल्ला, प्रदेश वा केन्द्रिय सरकारले जे सहयोग गर्न सक्छ, त्यस्तो सहयोग गर्न म अनुरोध गर्दछु । सहकारीले गरेको उत्पादनको बारेमा निरीक्षण गरेर केहि अनुदानको व्यवस्था भए निरन्तर उत्पादनमा लागी रहन सहयोग मिल्छ । राष्ट्रिय सहकारी महासंघ, विकास बोर्ड, केन्द्रिय संघ, जिल्ला संघ र विषयगत संघहरुले पनि उत्पादनमूलक सहकारीको प्रवद्र्धन गर्न पहल गर्नुपर्दछ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif