Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

यूनियनद्वारा शिक्षामन्त्रीको राजिनामा माग


२०७६ मंसीर १२ गते , विहीवार प्रकाशित

अखिल नेपाल विद्यार्थी यूनियनले शिक्षा मन्त्रीको राजिनामा माग गरेको छ । मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीहरुबाट असुलेको बढि शुल्क फिर्ता गर्नुपर्ने आन्दोलनरत पक्षको माग बेवास्ता गर्दै मंसीर १० गते शिक्षा मन्त्रालयले गरेको निर्णय विद्यार्थी विरोधी भएको भन्दै यूनियनले त्यो निर्णय आन्दोलनरत पक्षको वेवास्ता, माफिया पोषाउने उधारो सहमति भएको जनाएको छ । 

सरकारले मुख्यतया ०७२/७३ र ०७३/७४ सत्रका विद्यार्थीको हकमा शुल्क फिर्ता गर्नुपर्नेमा ०७४/७५ र ०७५/७६ सत्रका विद्यार्थीको मात्र शुल्क समायोजन भन्ने भ्रमपूर्ण शब्दावली प्रयोग गरी विद्यार्थीहरुलाई फुटाउने षड्यन्त्र भएको यूनियनका प्रमुख प्रवीण मिश्रद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी आगामी शैक्षिक सत्र ०७७/७८ मा वैज्ञानिक शुल्क निर्धारणका नाममा शुल्क वृद्धि गर्न सञ्चालकहरुसँग अग्रिम सम्झौता गरी माफियाहरुसाग सरकार लम्पसार परेको आरोप यूनियनको छ । 

यूनियनले मंसीर १० मा मन्त्रालयमा भएको सहमति खारेज गरी एमबीबीएस, बीडिएस, नर्सिङ र बीपिएच लगायतका सम्पूर्ण विद्यार्थीबाट असुल गरिएको शुल्क फिर्ता गर्न र ०७६÷७७ का लागि वृद्धि गरिएको शुल्क तत्काल खारेजी गरी पुरानै मापदण्ड अनुसार विद्याथी भर्ना गरिनुपर्ने माग गरेको छ । 

यूनियनले गण्डकी मेडिकल कलेजमा चलाएको दुई महिना लामो आन्दोलन पछि नै देशभर मेडिकल शिक्षा आन्दोलन चर्किएको स्मरण गराउँदै विद्यार्थी आगामी दिनमा पनि संघर्ष चर्काउँदै लैजाने जनाएको छ । 





 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif