Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

तेश्रो स्मृति दिवसका बेला क्याष्ट्रोको सम्झना गर्दै गर्दा


२०७६ मंसीर ११ गते , बुधवार प्रकाशित



—लोकनारायण सुबेदी





  बिश्व चर्चित क्यूबाली क्रान्तिका महानायक क्रान्तिकारी राजनेता फिडेल क्यास्ट्रो (Fdel Alejandro Castro Ruz) को जन्म १३ अगस्ट १९२६ मा भएको थियो । यही २६ नोभेम्बर २०१६ का दिन उनको देहबसान भयो । वास्तवमा उनी क्यूबाली क्रान्तिका अग्रज नेता र प्रमुख प्रणेता थिए । उनी १९५९को फेब्रुअरीदेखि १९७६ को डिसेम्बरसम्म क्यूबाको प्रधानमंत्री र त्यसपछि क्यूबाको राष्ट्रपति रहे। उनले २००८ मा स्वेच्छाले पदत्याग गरे । उनी बाचुञ्जेल क्यूबाको कम्युनिस्ट पार्टीको प्रथम नेता रहेका थिए । क्यास्ट्रोलाई बिश्वमा अमरीकी साम्राज्यवाद विरोधी एक सशक्त नेताकोरुपमा बिश्वभरी नै चिनिन्थ्यो र चिनिन्छ ।

  फिडेल क्यास्ट्रोको जन्म क्यूबाको फिडेल अलेजान्द्रो क्यास्ट्रो परिवारमा भएको थियो । जुन परिबार क्यूबामा निकै समृद्ध मानिन्थ्यो । क्यास्ट्रोले क्यूबाकै हवाना विश्वविद्यालयबाट कानूनमा डिग्री हासिल गरेका थिए । आफु स्वयम सम्पन्न परिवारको भए पनि देशका बहुमत जनता गरीबीको खाडलमा रहेको तथा धनी र गरीब बीच ठूलो अन्तर देखेर उनी अत्यन्तै चिन्तित र दुःखी थिए । यसै कारणले उनी माक्र्सवादी लेनिनवादी सिद्धान्तप्रति आकर्षित भए र आमूल परिवर्तको क्रान्तिकारी बाटो समाते । १९५३ मा उनले क्यूबाका तत्कालीन राष्ट्रपति फुलगेन्सिया बाटिस्टाकोे सत्ताका बिरुद्ध हतियार उठाए । जन क्रान्ति आरम्भ गर्ने उदेश्यले २७ जुलाईका दिन उनले आफ्ना १०० कमरेडहरुका साथ सेण्टियागो डी क्यूवामा सैनिक ब्यारेकमाथि हमला गरे । तर त्यसमा सफल हुन सकेनन् । त्यस हमला पछि उनी र उनका भाइ राउल बच्न त बचे तर उनीहरुलाई जेलमा थुनियो दुइ बर्ष पछि उनीहरुलाई जेलबाट रिहा गरियो । तर क्यास्ट्रोले बाटिस्टा शासनको बिरुद्धको आफ्नो अभियान छोडेनन्, जारी राखे । त्यो अभियान उनले म्याक्सिकोमा निर्वासित जीवन बिताउदै अघि बढाए । उनले एउटा
छापामार संगठन बनाए जसलाई ‘२६ आन्दोलन’ नाम दिइएको थियो ।


  फिडेल क्यास्ट्रोका क्रान्तिकारी आदर्शहरुलाई क्यूवा र अन्यत्र पनि ठूलो समर्थन रहेको थियो र अद्यापि रहेको छ । उनको संगठनले बाटिस्टा शासनसत्तलाई पल्टाइदियो । त्यो शासनसत्ता वास्तवमा ब्यापक भ्रष्टाचार, असमानता र जनताका अनेकौ किसिमका समस्याहरुको केन्द्रबिन्दू मानिन्थ्यो । क्यूबाका नयाँ क्रान्तिकारी साशनलाई सहयोग प्रदान गर्नमा अर्जेण्टिनाका क्रान्तिकारी नेता चे गुएवारा पनि थिए । उनले आम जनतालाई जमिन प्रदान गर्ने र गरीबीको अन्त्य गर्ने अधिकारको रक्षागर्ने प्रतिबद्धता जाहेर गरेको थियो । क्यूबामा फिडेल क्याष्ट्रोले आफ्नै क्यूबाली चरित्रको क्रान्तिमा जोड दिदै प्रतिनिधिमूलक लोकतन्त्र र सामाजिक न्याय त्यसका वास्तविक तत्व हुन् भन्ने कुरा प्रष्ट पारे । उनले माक्र्सवादी लेनिनवादी सिद्धान्तको सारतत्वलाई क्यूबाली समाज सुहाउँदो किसिमले प्रयुक्त गरे । यी सबै कारणले गर्दा क्याष्ट्रोलाई तत्कालनी अमेरिकी राष्ट्रपति ड्वाइट आइजनआवरले लगाम कस्ने निक्कै कोशिश पनि गरे । तर अन्ततः केही नलागेपछि आफुले क्याष्ट्रोलाई पूर्व सोभियत संघ तथा त्यसका तत्कालीन नेता खु्रश्चेभको हातमा धकेलिइदिएको दाबी पनि गरे । हुन पनि त्यस बेला क्यूवा शीत युद्धको अखडा जस्तै नै बनेको थियो । त्यस क्रममा अमेरिकाले १९६१ मा फिडेल क्याष्ट्रोको शासनसत्ता पल्टाउने प्रयत्न पनि गरेको थियो । त्यसका लागि उसले निर्वासनमा बसेका क्यूबालीहरुको एउटा सेना नै गठन गरेर आक्रमण गराएको थियो । क्रान्तिकारी क्यूबाली सेना र जनताले त्यस आक्रमणको दृढतापूर्वक सामना गरे । त्यस घटनामा धेरै मानिसहरु मारिए भने झण्डै एक हजार जति पक्राउ पनि परे ।


  त्यस घटनाको एक बर्ष जतिपछि अमेरिकाको एउटा जासुसी बिमानले के पत्तो लगायो भने सोभिय संघले केही मिसाइल्सहरु (प्रक्षेपास्त्रहरु) क्यूबातर्पm पठाउदै छ । त्यसको प्रतिरोधमा अमेरिका पनि उत्रियो । यस्तो स्थिति खडा भयो कि अब तेश्रो बिश्वयुद्ध शुरु हुदैछ र त्यो भयानक ठूलो परमाणु युद्ध हुनेछ । अमेरिका र सोभियत संघ बिश्वका दुबै महाशक्तिहरु एक अर्काको सामुमा पुग्न थालेका थिए । तर सोभियत नेतृत्वले क्यूबाबाट आफ्ना मिसाइल्सहरु फर्काएर समस्याको निकास खोज्यो । त्यसको साटोमा अमेरिकाले पनि तुर्कीबाट गुप्तरुपले आफ्ना आणबिक हात हतियार हटायो । यसरी परमाणु सहीतको तेश्रो बिश्व युद्ध त्यतिबेला ट¥यो ।   यो परिप्रेक्षमा क्यूवाको क्रान्तिकारी नेतृत्व अमेरिकाको नेतत्वसँग सन्तुष्ट थिएन । त्यसैले अमेरिकालाई क्याष्ट्रोले बिश्वकै एक नम्बरको दुश्मन मान्दथे । किनभने एकजना क्यूबाली मन्त्रीका अनुसार अमेरिकाको गुप्तचर संस्था सीआईएले कम्तिमा एक सय पटक क्याष्ट्रोलाई मार्ने षडयन्त्र रच्यो र कोशिश ग¥यो । त्यस क्रममा उनलाई मार्ने एउटा तरीका के पनि सोचेको कुरा प्रकाशमा आएको थियो भने फिडेल क्याष्ट्रो सिगार पिउने गर्दछन् । उनी सिगारको शौखिन भएकाले त्यही सिगारमा बिस्फोटक भरेर उनलाई पिउन दिने र मार्ने ! त्यस बाहेकका अन्य षडयन्त्रकारी र अपमानजनक गतिबिधिद्वारा क्याष्ट्रोलाई मार्ने उपायहरु पनि नगरिएको होइन । तर ती सबै तुहिएर गए र कुनै पनि सफल भएनन् ।

    चीनी उत्पादन गर्ने क्यूबाको सबैजसो चीनी तत्कालीन सोभियत संघले किनिदिन्थ्यो । अनि आफुले खाद्यान्न लगायतका सबैजसो सामाग्रीहरु ठूल्ठूला जहाजमा राखेर क्यूबा पठाइदिन्थ्यो र अमेरिकाले क्यूबामाथि लगाएको ब्यापारिक नाकाबन्दीको असरलाई परास्त गर्न या कम गर्न यसले निकै ठूलो मद्दत पु¥याएको थियोे । वास्तवमा त्यतिबेला अमेरिका र उसका मित्र देशहरुले नाकाबन्दी र ब्यापार प्रतिबन्ध लगाएका कारण क्यूवा धेरै मात्रमा सोभियत संघसँगको ब्यापारमा निर्भर हुन पुृगेको वा निर्भर हुन बाध्य भएको थियो । क्यूबा ब्यापारको मामिलामा सोभियत संघमा यसरी ठूलो निर्भरता रहेको भए पनि असंलग्न आन्दोलनको एउटा सशक्त देश थियो । संयुक्त राष्ट्र संघमा होस या असंलग्न आन्दोलनका बिश्व मञ्चहरुमा क्यूबाका नेता क्याष्ट्रोको प्रभावकारी र सशक्त भाषण सुन्न मानिसहरु लालायित हुन्थे र एकटकले उनको भाषण सुन्थे । ती भाषणहरुमा क्याष्ट्रोले तेश्रो बिश्वका समस्यहरुका पछाडि अमेरिकी साम्राज्यवादी षडयन्त्र र हस्तक्षेप रहेको कुरा उदाङ्गो पार्ने गर्दथे । पछि सोभियत संघको बिघटन हुँदा क्यूबाको अर्थब्यवस्था नराम्रोसँग बिचलित हुने स्थितिमा पुग्यो । गोर्भाच्योबको सोभियत भूमिकाको क्यूबाले खुल्ला बिरोध गरेपछि एकातिर सोभिय संघसँगको ब्यापार बन्द भयो भने अमेरिकी नाकाबन्दी पहिलादेखि नै छँदै थियो । त्यसले गर्दा क्यूबा ठूलो संकटको भुवरीमा फँस्यो । तथापि क्याष्ट्रोको धैर्यशाली र क्रान्तिकारी नेतृत्वका कारण क्यूबाले कुनै हिम्मत हार्ने काम गरेन । यद्यपि अमेरिकाले क्यूबाको त्यो नाजुक स्थितिबाट फाइदा उठाउन र सत्ता पल्टाउन क्यूबाबाट क्यूबालीहरुलाई अमेरिकाको फ्लोरिडातर्पm पलायन गराउने काम पनि ग¥यो । त्यसले गर्दा क्यूबामा समस्या झन थपियो नै । यो पनि क्याष्ट्रो बिरुद्धको अन्तिम प्रहार थियो । क्याष्ट्रोकी छोरी एलिनालाई समेत हतियार बनाएर अमेरिकाको मियामीमा शरण दिइयो । तर क्यूबामा यी सबै समस्याको समाधानमा अनेक उपायहरुको खोजी गरियो । शतप्रतिशत जशो(९८ प्रतिशत) साक्षरता र सबैलाई निशुल्क स्वास्थ्य सुबिधा त क्यूबाका बिशेषता नै बने । अहिले पनि बिकसित देशको तुलनामा समेत क्यूबामा शिशु मृत्य दर कम रहेको छ ।

  क्यूबाले बिगतका आफ्ना अनुभवहरुबाट शिक्षा लिदै अनेकौ कठिनाईहरु हुँदाहुदै पनि एउटै देशसँग ब्यापारमा निर्भरताको अन्त्य ग¥यो र आर्थिक प्रगतिमा पनि सन्तुलनको नीति अपनाउँदै जनताको जीवन स्तर उकास्न र जन जीवनमा सुख सुबिधा पु¥याउन ब्यापक जन जागरण र बिकासका गतिबिधिमा जन सहभागिता तथा सकृयता बढाएर समस्या समाधान गर्ने सही बाटो अबलम्बन ग¥यो । फिडेल क्याष्ट्रो बाचुञ्जेलसम्म उनको नेतृत्वमा क्यूबा बाह्य हस्तक्षेपको मुकाबिला गर्न तत्पर मात्र रहेन त्यसमा अन्य दक्षिण अमेरिकी मुलुकहरुलाई पनि साथ लिएर चल्न सक्षम रहेको हो र अहिले पनि रहेको छ । भेनेजुएलाका ह्यूगो चाभेज क्याष्ट्रोका घनिष्ठ मित्र यसै कारणले रहेका हुन् । बास्तवमा अनेक समस्याहरुको ब्यवहारिक समाधान खोज्दै र बाह्य हस्तक्षेपका अनेक हतकण्डाको सामना गर्दै क्यूबाले फिडेल क्याष्ट्रोको नेतृत्वमा जुन समाजवादी दिशामा मुुलकलाई अघि बढाउने भरमग्दुर कोशिश गरिरहेको थियो र छ त्यो बिश्वकै लागि सराहनीय र अनुकरणीय छ । यो वास्वतमा क्याष्ट्रो जस्ता ब्यवहारिक, दृढ संकल्पित र निष्ठाबान नेताकै कारण सम्भव भएको धेरैले औंल्याउने गर्दछन् । अहिले क्याष्ट्रोको निधन भएको तीन बर्ष पछि पनि क्यूबा क्याष्ट्रो कै मार्गदर्शनमा अघि बढिरहेको देखिन्छ र त्यो कसरी अघि बढला भन्ने बिश्वका चिन्ता र चासोलाई सन्तोषजनकरुपले सकारात्मक उत्तर दिइरहेको छ । क्यूवाली जनताले क्यूवाको क्रान्ति र यसका उपलब्धीहरुलाई जोगाउने छन् र फिडेल क्याष्ट्रोको परम्परालाई कामय राख्ने छन् भन्ने धेरैको बिश्वास अझ बढेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif