Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको देहाबसान


२०७६ मंसीर ११ गते , बुधवार प्रकाशित

  काठमाडौं । लामो समयदेखि निमोनिया, मधुमेय लगायतका रोगहरुबाट पीडित हुँदै आउनु भएका  बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको हिजो उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको छ ।    बालसाहित्यमा महत्वपूर्ण योगदान पुराएका कसजूका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृति सार्वजनिक छन् । उनी पत्रकारिता र बाल साहित्यको क्षेत्रमा निरन्तर क्रियाशील रहेका थिए ।    
बिगतमा कसजुले नेपाल प्रेस काउन्सिल, राष्ट्रिय समाचार समिति, राष्ट्रिय सूचना आयोग आदि महत्वपूर्ण संस्थामा रहेर  पत्रकारिता क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका  थिए। ब्यबहारमा बिनयशील दिबंगत कसजुको पाल्पाको तानसेनमा २००४ सालमा जन्म भएको थियो ।  उहाँकी पत्नी गंगा कसजू र दुइ छोरा हुनुहुन्छ ।

दिबंगत बिजय कसजूमा हार्दिक श्रद्धाञ्जली तथा उहाँकी पत्नी गंगा कसजू सहित दिबंगत कसजूका शोकाकुल परिवार, आफन्तजन तथा मित्रहरुमा गहिरो समेबदना !

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif