Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

राष्ट्रिय सहकारी बैंकद्वारा बाराही साकोस सम्मानित


२०७६ मंसीर ९ गते , सोमवार प्रकाशित

श्री बाराही बचत तथा ऋण सहकारी राष्ट्रिय सहकारी बैंकद्वारा सम्मानित भएको छ । एशियाली ऋण महासंघद्वारा संचालित ऐक्सेस ब्राण्डिङ्ग कार्यक्रममा सहभागी भई निरन्तररुपमा चौथौं पटक २०१९मा पनि ऐक्सेस ब्राण्ड ब्रोन्ज पाउन सफल भएकोमा राष्ट्रिय सहकारी बैंकले सम्मानित गरेको हो । 

एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष केबी उप्रेतीले संस्थाको कुशल नेतृत्व प्रदान गरेकोमा अध्यक्ष बलराम प्रजापति सहित सञ्चालकहरुका साथै कुशल व्यवस्थापन गर्न गरेकोमा व्यवस्थापक शिवजी हाकुदुवाल लगायत उच्च व्यवस्थापन र साकोस परिवारलाई दिए । 

उनले आगामी दिनमा समेत आफ्ना सदस्य र देशको समग्र आर्थिक, सामाजिक एवम् सांस्कृतिक विकासमा उल्लेख्य योगदान मार्फत सहकारी अभियानलाई विश्व सामु चिनाउन थप सफलता मिलोस् भनी शुभकामना व्यक्त गरे । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिका संचालक सरिता भटराई, ज्ञानबहादुर तामाङ्ग, केन्द्रिय उपसमिति सदस्य सत्यनारायण प्रजापति, शाखा समन्वय उपसमिति संयोजक केदार खड्का, सदस्य देवराज न्यौपाने, सदस्य सनिष लागेजूलगायत संस्थाका व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थितिमा रहेको थियो । 


 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif