Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

काठमाण्डौ—केरुङ्ग रेल बार्ता भोलीदेखि : ठोस कुरा हुने अपेक्षा


२०७६ मंसीर ९ गते , सोमवार प्रकाशित

नेपाल र चीन बीचका अधिकारीहरुका बीचमा भोली काठमाण्डूमा सुरु हुने वार्तामा काठमाण्डू–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई देशको दायित्व निर्धारण हुनसक्ने सम्भावना रहेको बताइन्छ।   यसभन्दा पहिला उक्त रेलमार्गको आर्थिक पाटोमा सहमति जुट्न नसक्दा रेलमार्गबारे छलफल प्राविधिक विषयहरूमा मात्रै सीमित हुन पुग्ने गरेको थियो।   तर गएको आसौजको अन्तिम सातामा चिनियाँ राष्ट्रपति शी जिनपिङको नेपाल भ्रमणका बेला चीनको लगानीमा रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन हुने सम्झौता भएपछि अब हुने छलफल लगानीको पाटोभन्दा अघि बढ्न खोजेको भनिदैछ ।   नेपालको रेल बिभागमा महानिर्देशक बलराम मिश्रले हालै बीबीसीलार्य दिएको अन्तरबार्तामा भोली देखि हुन लागेको बैठक ‘ब्रेक थ्रु’ हुने बताएका थिए । त्यसैले अब बिस्तृत सम्भाब्यता अध्ययनको निश्चित समय सीमा तोकिने काम हुन अपेक्षा गरिदैछ ।

  यसलाई बिस्तृत सम्भाब्यता अध्ययन भनिए पनि यो बिस्तृत परियोजना नै हो भन्ने औंल्याइदैछ । भोली शुरु हुने काठमाण्डूमा  बैठकमा करिब दुई दर्जन चिनीयाँ अधिकारीहरू सहभागी हुने पनि बताइएको छ ।   यसै बर्षको गत जुन महिनामा बेइजिङमा भएको बैठकका क्रममा अन्तरदेशिय रेलमार्गको विषयमा थप पाँचवटा चरण पार गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको थियो।   सम्भाब्य रेलमार्गको रुट निर्धारण हुने सम्भावित स्थानमा पर्ने वन क्षेत्र, संरचना र वातावरणीय प्रभाव लगायतका विषयमा नेपालले पनि केही अध्ययन गर्नुपर्ने माग चिनस्याँ पक्षको रहेको बताइएको छ ।   यो रेलमार्ग मूलतःनेपाली भूमिमा पर्ने हुँदा चिनीयाँ पक्षले एक चरणको अध्ययन नेपालकै अग्रसरतामा होस् भन्ने चाहेको पनि विभिन्न चरणका वार्तामा संलग्न रहेका अधिकारीहरुले अनौपचारिकरुपमा बताइरहेका छन्।   महानिर्देशक मिश्रका अनुसार “हालसम्म ठ्याक्कै कहाँ रेलमार्ग विस्तार हुने हो भन्ने बारेमा स्पष्ट भइसकेको छैन। त्यसकारण पनि हामीले अध्ययन सम्पन्न गर्न सकेका छैनौँ । ’’   भोली हुने बैठकमा काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग बिस्तारको बिषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले बताएका छन् ।   काठमाण्डौ–पोखरा रेलमार्गका हकमा चिनीयाँ कम्पनी सीइसी र काठमाण्डौ–लुम्बिनी रेलमार्गको हकमा एफएसटीआइ नामक कम्पनीले प्रारम्भिक अध्ययन शुरु गरिसकेको र दुवै कम्पनीले प्रारम्भिक रूपरेखाबारे चर्चा यसअघि चीनमा भएको छलफलका क्रममा भएको बताइएको छ । त्यसैले अबको बैठकमा उक्त परियोजनाबारे पनि गहन छलफल हुने बताइएको छ।   यस बैठकमा नेपाली पक्षबाट बैठकको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीले गर्ने तय भएको बताइएको छ ।   यस अघि नै चिनीयाँ प्राविधिकहरूले अन्तर्देशीय रेलमार्गको प्रारम्भिक अध्ययन सम्पन्न गरी जटिल भौगोलिक अवस्था रहेपनि रेलमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा भने ल्याउन सकिने बताइसकेका छन्।   चिनीयाँ उच्च राजनीतिक नेतृत्वकै तहमा कुराकानी भएको हुँदा अन्तरदेशीय रेलमार्ग सम्बन्धी विषयलाई दुवै पक्षले गम्भीरतापूर्वक  लिएको र एकअर्कामा आदानप्रदान गरिनुपर्ने कुरा बैठकका क्रममा हुने जनाइएको छ । यस अघि यस सम्वन्धि तीनवटा बैठक भइसकेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif