Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

माताको भन्दा ठूलो पिताको ममता


२०७६ मंसीर ९ गते , सोमवार प्रकाशित

  मातृत्वलाई ममताको दोश्रो रुप मान्दै प्रायःजसो पितृत्वलाई गैर जिम्मेवारीको पर्याय जस्तै उल्लख गर्ने गरिन्छ । तर प्रकृतिको स्वतन्त्र खेल र नियम भने निराला छ । कतिपय यस्ता जीवहरु पनि छन् जन्म दिने काम त पोथीबाट हुने गर्दछ तर जन्मेको बच्चालाई स्याहार सुसार गर्ने काम भने बेजोडरुपमा  भालेको नै हुने गरेको छ पाइन्छ । यसरी आमाको भन्दा पनि बाबुको ममता कुन कुन पशु पंक्षीमा हुन्छ  त्यस्ता केही अनौठा र समर्पित प्राणीहरुमाथि सर्सरी दृष्टि दिऔं :    

शान्त सुशील र सहृदय एमु चरा :
अष्ट्रेलियाई पंक्षी एमुमा बच्चाको पालन पोषणलाई लिएर बद्लिएको भूमिकाले चाल्र्स डार्बिनमा आश्चर्यचकित रहेका थिए र भाले एमु स्वयमले केवल अण्डा सेक्ने काम मात्रै पूरा गर्ने होइन, अण्डाबाट बच्चा निकालेपछि पोथीबाट तिनको रक्षा पनि गर्दछन् । नर अर्थात् भाले एमु जहाँ शान्त, सुशील र सहृदय हुन्छन् भने अर्कोतिर पोथी एमु झगडालु, असभ्य र हल्ला मच्चाउने खालका हुन्छन् ।  

पिठयौमा लिएर हिड्छन् अण्डा  :



   
जाएण्ट वाटर बग्स त झन कमालका हुन्छन्  । तिनमा पोथीहरुले डेढ सयभन्दा पन िबढी अण्डा भालेको पिठ्यौंमा टासिदिन्छन् । त्यसपछि तिनको सफाई गर्नेदे लिएर तिनका लागि अक्सिजन सुनिश्चित गर्नेसम्मका सारा काम ती भाले कीराले नै गर्ने र्दछन् । यस बीच तिनको आकार तीन दोब्बर हुन पुग्दछ । तिनको जिम्मेवारी त्यसबेला मात्र समाप्त हुन्छ जब बच्चा ती अण्डाबाट बाहिर निस्कन्छन् ।

बच्चाका लागि जे पनि गर्ने गर्दछन् अष्ट्रलियाई शासना (जल परेवा ) :

आफ्ना बच्चाका लागि सबै कुरा गर्ने गर्दछन् तिनले । गुढ बनानउनेदेखि लिएर अण्डा सेक्नसम्म । अण्डाबाट बच्चा बाहिर आए पछि तिनको रेखदेख र तिनको खाने पिउने ब्यवस्था पनि बच्चा समर्थ नहुञ्जेल तिनैले गर्दछन् । त्यति मात्रै होइन, संकट कालमा तिनले अण्डालाई आफ्नो पखेटामा लुकाएर नयाँ ठाउँमा लिएर पनि जान्छन् । 

बच्चाका लागि कठोर तपस्या  :



भाले पेंग्वीनको त्याग र कठोर तपस्याका सामुमा अरु सबै कुरा फिका पर्दछन्  । पोथी पेंग्वीनले अण्डा दिइसकेपछि समुद्रमा फर्किन्छन् जहाँ उनीहरुलाई खानेकुरा मिलोस् । तर भाले पेंग्वीन भने हड्डी गलाउने चीसो(६० डिग्री सेल्सियस)मा भोको पेट अण्डा सकिरहन्छन् फलस्वरुप २ महिना पछि पोथी आमाहरु समुद्रबाट फर्किन्छन् त्यतिबेला उनीहरुलाई स्वस्थ र उफ्रिदै खेल्दै गरेका बच्चा प्राप्त हुन सकुन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif