Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

इण्टरनेटको प्रगतिले टेलिभिजन पछि पर्दै गएको हो त ?


२०७६ मंसीर ७ गते , शनिवार प्रकाशित

   
हुन पनि आज गति नै सबै कुरा हो भन्ने यथार्थ बिश्वब्यापीरुपमा स्थापित भइसकेको जमानामा सूचना, सञ्चार र शिक्षाको एउटा सशक्त माध्यमकोरुपमा आएको टेलिभिजन पछिल्लो समयमा आएर इण्टरनेटभन्दा पछाडि परेको देखिदैछ । बिज्ञहरु यसको पुष्टी गर्दै के भन्दछन् भने टेलिभिजनसँग न त कार्यक्रमको बिबिधता छ न इण्टरनेटको जस्तो गति नै छ । टेलिभिजनले  गतिको यो सन्दर्भमा इण्टरनेटको सामना गर्न सकिरहेको छैन । अनि सामाग्रीको स्तरमा पनि कुनै नयाँ कुरो बिकसित गरेर जोड्न सकेको छैन । सूचना, शिक्षा र मनोरञ्जनको उदेश्यबाटशुरु भएको टेलिभिजनलाई सूचनाको क्षेत्रमा इण्टरनेटबाट ठूलो चूनौति मिलेकोछ ।   जानकारहरु भनिरहेका छन् कि मनोरञ्जनको क्षेत्रमा एक पटक बादशाहको रुप लिइसकेको टेलिभिजनको बर्चश्व अब इण्टरनेटले खतरामा पारेको छ ।मोबाइल, भिडियो उपभोक्ताको रुचीको हिसाबले ‘कण्टेण्ट’ उपलब्ध गराउने गर्दछन् । तर यता टेलिभिजन खाशगरी निजी क्षेत्रका टेलिभिजनहरुले त शिक्षा र जागरणको क्षेत्रमा आबश्यक कदम नै चाल्ने गरेको या चालेको देखिदैन । सरकारी स्तरकाले पनि जति भार टेलिभिजको शिक्षामा दिइनु  पर्ने थियो त्यो नदिएको नै देखिन्छ । तिनले दिएका कार्यक्रमहरु पनि प्रायजसो निरस र प्रभावहीन रहेको पाइन्छ । जब कि यू–ट््यूबले कुनै पनि मुद्दामा तुरुन्तै भिडियोको बिकल्प दिन्छ ।   

यस सम्वन्धमा अहिले बिश्वमा दुइटा  कन्सल्टन्सी संस्था केपीएमजी र एरोजको एउटा संयुक्त प्रतिबेदन प्रकाशमा आएको छ । त्यस अनुसार भारतमा अस्सी प्रतिशत दर्शक – जसले ‘ओभर द टप’ अर्थात् ‘ओटीटी’ प्लेटफर्मको सेवाहरु लिइराखेका छन्, तिनले आफ्नो मनोरञ्जनका आबश्यकताहरु अनलाइन कण्टेण्टबाटै पूरा गरिरहेका छन् । यसमा चलचित्र हेर्नेदेखि लिएर अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरका खेलकूदहरु हेर्नेसम्मका बिषय सामेल छन् । भारतका १६ साज्यमा गरिएको त्यो सर्भेक्षण प्रतिबेदनका अनुसार आर्थिक बर्ष २०२३ सम्ममा भारतमा ५० करोड अनलाइन भिडियो उपभोक्ता भइसक्नेछन् । यो चीन पछि बिश्वको दोश्रो सबैभन्दा ठूलो बजार हुनेछ । बितेका पाँच बर्ष यताको मात्र कुरा गर्ने हो भने पनि मोबाइले मानिसहरुको दिल रदिमाग र घर घरमा आफ्नो अभिन्न स्थान बनाइसकेको छ र दर्शकहरुको ब्यहार पनि तीब्र गतिले बदलिइरहेको छ । मानिसहरु अब टेलिभिजको दर्शक ात्र नभएर उपभोक्ता बन्न पुगेका छन् । उनीहरु अब कुनै एउटा माध्यममा मात्र धेरेबेर अडिन चाहँदैनन् । 

अनि यस प्रकारको गति टेलिभिजनका परम्परागत माध्यमहरुसँग छैन । कम्तिमा शहरहरुमा पूरा परिवार एकैसाथ बसेर टेलिभिजन हेर्न अब छोडिसकेका छन् । स्मार्ट फोन र कम्प्यूटरले मानिसको यो आदतलाई बदलिदिएको छ । यसरी आजको नयाँ पिढीको दुनियाँ ल्यापटप र मोबाइलको दुनियाँ भइसकेको छ । यो पिढीले आफ्नो जीवनको अधिकांश समय यी नै साधनसँग बिताउँदछ । यो मनोरञ्जनको यस्तो साधनले जहाँ कसैले पनि आफ्नो जुनसुकै मनपरेको कार्यक्रम(भिडियो) हेर्न सक्तछ । इण्टरनेटको भिडियो(धाराबाहिक चलचित्र या बृत्तचित्र तथा गाना)ले  कण्टेण्टको स्तरमा यूवाहरुको आशा र अपेक्षाको परिपूर्ति गरिरहेका छन । तिनले दुनियाँसँग यूवाहरुको परिचय गराइरहेका छन्, तिनको एक्सोजर बढाइरहेका छन् । त्यहाँ न कुनै बिज्ञापनको जबर्जस्तीको स्वर हुन्छ न कार्यक्रमहरु बीचमा छुट्ने डर नै । कसैले पनि कुनै दिन आफ्नै हिसाले पूरै श्रृंखला एक दिनमा हेर्न पनि सक्तछ । त्यसका लागि हप्ता दिन कुर्नु पर्ने आवश्यकता पनि पर्दैन । 
   
भारतमा मात्र बितेको चार बर्ष यता अमेरिका ब्राण्डका अमेजन प्राइम र नेटल्फिक्सका अतिरिक्त आल्ट बालाजी, सोनी लाइभ, हा–स्टार्टर, जी फाइभ, बूट जस्ता नाम पनि सामेल भइसकेका छन् । ई–मार्केटको आकलन अनुसार आउदो बर्ष २०२० देखि डिजिटल भिडियो हेर्ने कूल समयमा भारतले अमेरिकालाई पछाडि पार्नेछ । सरदरको हिसाब गर्दा अहिले एक जना बयस्क भारतीयले एक घण्टा १२ मिनेट भिडियो हेर्ने गर्दछ । धेरैजसो(७६.५ प्रतिशत) भिडियो उसले आफ्नै मोबाइलमा हेर्दछ । डिजिटल बिज्ञापनहरुमा बढ्दो खर्चले पनि यसै तथ्यलाई संकेत गरिरहेको छ । बितेको २०१५ मा यसमाथि ६०१० करोड खर्च गरिएको थियो । आगामी बर्ष अर्थात २०२० मा यसमा झण्डै चार गुण बढोत्तरी भएर  २५,५२० करोड रुपैया खर्च हुने अनुमान गरिएको छ । यस सम्वन्धमा भारतको नेटल्फिक्सले सेट अफ बक्सबाट टेलिभिजन हेर्न दर्शकहरुका लागि हेथ वे, टाटा स्काई, भोडा फोन र एयर टेलसँग सम्झौता गरेको छ, जसमा सेट अफ बक्ससँग यस्तो एउटा रिमोट आउने छ जसको प्रयोगले दर्शकले सोझौ नेटल्फिक्सका कण्टेण्ट या सामाग्रीहरुलाई स्ट्रिममा देख्न पाउने छन् ।  

यति हुँदा हुदै पनि र यो बिकासको गति तीब्र भइहाले पनि अन्य कारणले यति छिट्टै टेलिभिजनहरु इतिहासको बस्तु बनिहाल्ने छैनन् । अझै लमो समय ती हाम्रा शहरी र बिशेष गरी ग्रामीण क्षेत्रमा चल्ने छन् । तिनल पनि आफ्नो अस्तित्व रक्षका लागि आफुलाई युग सुहाँउदो कार्यक्रम र प्रभावकारी प्रस्तुतिद्वारा बिभिन्न स्तरका दर्शकलाई आकर्षित गर्न छाड्ने छैनन् । जनता दर्शकलाई लाभकारी, उपयोगी र बद्लिदो समयानुकूल हुन सके अझै पनि तिनको उपादेयता र प्रयोजनीयता कायम रहन सक्तछ । तर अन्यत्र जस्तै प्रबिधिको बिकासको क्षेत्रमा पनि नयाँले पुरानालाई बिस्थापित गर्ने या किनारा लगाउने कुरा त हुन्छ नै । अझ यो क्षेत्रमा यसको गति निकै नै तीब्र झट्ट हेर्दा तिलस्मी जस्तो पनि लाग्दछ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif