Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

ह्वाइट एप्रोन रिभोलुसनमा आवद्धता र ऐक्यवद्धता बढ्दै


२०७६ मंसीर ५ गते , विहीवार प्रकाशित


मेडिकल शिक्षा क्षेत्रका विकृति विरुद्ध संघर्ष चर्काउर्ने उद्घोषका साथ गठित ह्वाइट अप्रोन रिभोलुशन (वार) मा थप विद्यार्थीहरुको संलग्न हुँदै गएका छन् । वारको फिलिपिन्स संयोजकको रुपमा सतीस गौतम, बंग्लादेश संयोजकको रुपमा गौरव सुवेदी र चीनको संयोजकको रुपमा डा. कालिका भण्डारी वारमा 
चयन भएको वारका संयोजक मनीष भट्टराईले जानकारी दिए । ती देशमा मेडिकल शिक्षाका लागि गएका विद्यार्थीहरुको बैठकले आफूहरुले त्यहाँ भोगिराखेका विभिन्न समस्या उठान र समाधानका निम्ति उनीहरुलाई प्रतिनिधिका रुपमा चयन गरेका हुन् । उनीहरुले मुलुकमा चलिरहेको अतिरिक्त शुल्क फिर्ता, मेडिकल शिक्षाका विकृति अन्त्य लगायतका गण्डकी आन्दोलनले उठान गरेका मुद्दाहरुमा  संघर्ष अगाडि बढाउने जनाएका छन् ।

पोखराको गण्डकी मेडिकल कलेजबाट अतिरिक्त शुल्क फिर्ता माग सहित आन्दोलन सुरु भएको थियो । सरकारले तोकेको भन्दा बढि मनपरी शुल्क लिएको विरोधमा त्यसयता देशव्यापी रुपमा मेडिकल विद्यार्थी आन्दोलनरत छन् । गण्डकी मेडिकल कलेज आन्दोलनको सूत्राधार रहेका एमबीबीएस तेश्रो वर्षका छात्र मनीष भट्टराईको नेतृत्वमा केहि समय अघि १०१ सदस्यीय ह्वाइट एप्रोन रिभुलेशन (वार) गठन गरिएको थियो ।

मेडिकल कलेज तथा हस्पिटलमा भएका वेथिति तथा विसंगतिको अन्त्य गर्दै गुणस्तरीय र सर्वसुलभ चिकित्सा शिक्षा तथा मर्यादित र सुलभ स्वास्थ क्षेत्र निर्माण गर्न आफूहरु क्रियाशील हुने उनीहरुले जनाएका छन् । स्वास्थ्य क्षेत्रसँग सम्वद्ध विद्यार्थी , कर्मचारी, डाक्टर, नर्स तथा प्राविधिकहरु लगायतको हक र अधिकारका लागि  ह्वाइट एप्रोन रिभुलेशनले न्यायपूर्ण संघर्ष गर्ने जनाएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif