Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

हाम्रै हो लिपुलेक–लिम्पियधुरा सोचेर फिर्ता गर ।


२०७६ मंसीर ४ गते , बुधवार प्रकाशित


—इन्द्रनारायण सुबेदी 

हाम्रो होइन जम्बुद्वीप अथबा पञ्जाव वाराणसी।
दाबी छैन सीमा मिचेर कहिल्यै त्यो देश भित्रै पसी।
हुन् बङ्गाल बिहार प्रान्त परको आसाम तिम्रो तर।
हाम्रै हो लिपुलेक–लिम्पियधुरा सोचेर फिर्ता गर ।१।  


 हामी मित्र थियौँ सधैं रहिरहौँ सद्भाव गढा रहोस्।
कुण्ठा द्वेष घमण्ड लालचपना अत्यन्त टाढा रहोस्।
माटो एक मुठी लुटेर अरुको हड्पेर के हुन्छ र।
हाम्रै हो लिपुलेक–लिम्यियधुरा सोचेर फिर्ता गर।२।  


छन् संस्कार परम्परा सहजका मिल्ने गरेका कति।
नेपालीसँग भारतीय जनता विश्वास गर्छन् अति।
यो सम्बन्ध सखाप हुन्छ दुइटै झन् ध्वस्त बन्छन् घर।
हाम्रै हो लिपुलेक–लिम्यियधुरा सोचेर फिर्ता गर।३।  


ठूलो देश भनेर चिन्छ दुनियाँ संसारले भारत।
जाला इज्जत ब्यर्थको कलहले लाएर कालो खत।
भै आशक्त सीमा दबाउन यता पासा नफ्याँक्ने गर।
हाम्रै हो लिपुलेक–लिम्यियधुरा सोचेर फिर्ता गर।४।  


भोका छन् कति भारतीय जनता छन् भित्र नाङ्गा कति।
ए! दिल्ली किन छैन राहत कुनै कैल्यै उनैका प्रति ।
जाऊ फर्क सुधार छोड झगडा खोक्रो छ तिम्रै घर।
हाम्रै हो लिपुलेक–लिम्यियधुरा सोचेर फिर्ता गर।५।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif