Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

उम्लिन्छ हाम्रो खुन


२०७६ मंसीर २ गते , सोमवार प्रकाशित

इन्द्रनारायण सुबेदी


छाती भित्र हिमाल बस्छ शिरमा नेपाल यो बस्दछ।
आँखामा लिपुलेक बस्छ मनमा सुस्ता सधैं बस्दछ।
सीमा क्षेत्र बराबरी दशगजा मिल्दै नमिल्ने छुन।
गर्दै जब्बर पस्छ को किन यता उम्लिन्छ हाम्रो खुन।१।


कैल्यै दास गुलाम बन्न अरुको जानेन यो देशले।
हारी दुश्मनबाट भाग्न कहिल्यै मानेन यो देशले।
स्वीकारेन प्रभुत्व हैकम कुनै स्वाधीन आफ्नै प्रथा।
आफ्नै छन् इतिहास कौशल कला स्वच्छन्द आफ्नै कथा।२।
     

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif