Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

नेपाल-भारत सीमानाका अधिकांश सीमास्तम्भ जीर्ण


२०७६ मंसीर २ गते , सोमवार प्रकाशित

शहबाज खान


मर्मत सम्भारकाे कमी र सराेकारवाला निकायकाे माैनताका कारण जिल्लाकाे कृष्णनगर नगरपालिका क्षेत्रका बगही , भगवानपुर लगायतका दसगजाका सीमास्तम्भ जीर्ण हुन पुगेका छन । पटक पटक सीमा विवादका कुरा उठ्छन र केही दिन मै सेलाएर जान्छन तर देशकाे सीमानालाई स्थिर राख्ने जंगेपिलरहरुकाे उचित मर्मत सम्भार नहुंदा सीमा क्षेत्र विवादित हुने गरेकाे स्थानिय बताउंछन ।



तराईकाे खुला सीमाना भारतसंग जाेडिएकाले दुवै देशकाे समतल भुमिमा अवात जावत हुने गरेकाे पाईन्छ , कतिपय ठाउंमा घर नेपालमा र खेती भारतमा हुँदै गरेकाे थुप्रै उदाहरणहरु पनि छन । तर सीमा स्तम्भले सिमा रेखालाई स्थायित्व दिएकाे छ । समतलभुमिकाे सीमामा अतिक्रमण हुन सम्भावना बढी हुने हुनाले पनि जंगेपिलर हरुकाे मर्मत हुनु अावश्यक छ । केही ठाउंमा ढलेका स्तम्भ बनाउन सकिएकाे छैन । भिल्मीको पश्चिम र बगही को पूर्बमा रहेको सिमास्तम्भ पिलर न.५६४ (६४) जीर्ण हुदै गएको हो।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif