Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

सीमा बचाऔं अभियान नेपाल, राष्ट्रिय परिषदको अपिल


२०७६ मंसीर २ गते , सोमवार प्रकाशित

        आदरणीय जनसमुदाय !

भारतीय हस्तक्षेप तथा सीमा अतिक्रमणका विरुद्ध राष्ट्रियतालाई अझ बलियो बनाउने दिशामा यतिखेर सिङ्गो देश नै आन्दोलित छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक जो हाम्रो भूमि हो, तर यतिखेर त्यसमाथि भएको भारतीय हस्तक्षेपको चुनौतिपूर्ण र संवेदनशील अवस्थामा पूर्व मेचीदेखि पश्चिम महाकाली तथा तराई देखि हिमालसम्मका सबै नेपालीहरु एकजुट हुनु र त्यसको प्रतिरोध गर्नुको अर्को बिकल्प छ भन्ने हामीलाई लाग्दैन । 
मतान्तरहरू भन्दा माथि उठ्दै एकजुट भएर राष्ट्रिय पहिचानको बिषयलाई सशक्त पार्न जरुरी छ भन्ने हामी ठान्दछौं ।

बिषयको यही गम्भीरतालाई ख्याल गर्दै जनस्तरमा गठन भएको सीमा बचाऔं अभियान, नेपालले बिभिन्न अभियानहरू मार्फत सीमा अतिक्रमण बिरूद्धमा आवाज बुलन्द गर्ने र सबै सम्बन्धित पक्ष र निकायहरूलाई दबाब दिने अभिष्ट राखेर अगाडि बढिरहेको छ ।

यसरीनै भारतले एकतर्फी रुपमा नेपालको क्षेत्रलाई आफ्नो मुलुकको नक्सामा गाभेको यो गम्भीर विषयमा स्वफुर्तरुपमा सर्वसाधारण नागरिकहरु तथा मुलुकका सबै राजनीतिक दलहरुसँग आवद्ध विद्यार्थी, यूबाहरुले लगातार राजधानी र मोफसलमा समेत विरोध प्रदर्शन गर्दै आईरहनु भएकै छ ।

सो नक्साको कारणबाट उत्पन्न समस्या समाधान नहुञ्जेल आम नेपाली जनतालाई एकतावद्ध भई समस्या समाधन गर्न सरकारलाई निरन्तर दवाव दिई रहन र राष्ट्रियताको रक्षाको लक्ष्यसम्म पुग्न यो अभियानलाई नयाँ उचाईमा पुर्याउन अति जरुरी छ ।
त्यसका लागि हामी नेपालीहरू बीचको ऐक्यबद्धता र राष्ट्रप्रेम सहितको विराट अभियाननै एकमात्र बिकल्प हो ।



आदरणीय जनसमुदाय !

सीमा अतिक्रमणसंग जोडिएर आएको राष्ट्रियताको यो सवाल सारा नेपालीहरूको साझा सवाल हो ।

यसर्थ जजसले जहाँ जहाँ सीमा अतिक्रमण बिरूद्धका आवाजहरू जे जसरी बुलन्द गर्न सकिन्छ गरौं । संसगै, एकआपसमा मिलेर गर्न सकिने कार्यक्रमहरूमा पनि हातेमालो र ऐक्यबद्धता जाहेर गर्दै अतिक्रमण बिरूद्ध प्रतिरोध महाअभियानको आँधिबेरी सिर्जना गरौं ।

राष्ट्रियता रक्षाको यो अभियानमा सम्पूर्ण मजदूर, किसान, महिला, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, कर्मचारी, राजनैतिक व्यक्तित्व लगायत सम्पूर्ण न्यायप्रेमी र देशभक्त सबै जनसमूदायहरु सबै जुटौं ! 
आआफ्नो क्षेत्रबाट अभियानको सफलाताका लागि आर्थिक भौतिक, नैतिक जेजस्तो सहयोग र समर्थन दिन सकिन्छ सहभागीता, ऐक्यबद्धता जनाऔँ । सीमा बचाऔं अभियान, नेपाल राष्ट्रिय परिषद

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif