Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

ऐतिहासिक मेला आधुनिक महोत्सबमा रुपान्तरणको प्रभाब र असर


२०७६ मंसीर २ गते , सोमवार प्रकाशित

                                                                       

सीताराम थापा
                                                                                                        
१. ऐतिहासिक मेला पर्व                                                  
 “बर्ष दिनको चाड चैते दशैमा, घुम्न जाउला सांहिलि बागलुङ बजार, एहै सररर मिनि बसैमा“                                             

बर्ष दिनमा आउने मेला भर्न जान गीत संगीत गुंजन थालेको सांगितिक प्रबिधिको बिकास क्रम संगै हो। मेलामा युवा, युवती तरुणा तन्नेरीहरु सडक बिस्तारसँगै दुर दराजबाट आवत आवत गर्न थाले।  नेपालीहरुले परापूर्वकालदेखि आफ्नो संस्कृतिको रक्षार्थ र मनोरन्जनको साधन मेला र पर्व थियो। बर्ष दिनमा आउने दशै तिहार जस्ता चाडपर्व जस्तै मेला पनि उस्तै। त्यसमा जनताको व्यापक सहभागिता हुने गरेको थियो। आफ्नै लोक भाकाको गीत संगीत, डण्डीबिगो, रोटी पिङ, ठेलो हान्ने पूजा आरधना गर्ने प्रचलन बिधमान थियो।                                                                                             
पूँजिबादको उदय नै नभएकोले मेला पर्वकै अवसरमा आफ्ना सीप कला र उत्पादनहरु एक अर्कामा साटासाट गरी जीविकोपार्जन गर्ने  अन्तर निर्भरताले नेपाली समाज चलायमान हुन्थ्यो। मेला भर्न धेरै दिनको लागि घरबाटै खानेकुरा र सुत्ने बन्दोबस्त मिलाउने गरिन्थ्यो े। कोही भने मेलामै आएर सामुहिक रुपमा खाना पकाएर खाने रमाउने गर्थे। मेला पर्वहरु जहाँ जनजातिहरुको बाक्लो उपस्थिति छ, त्यहा मेलाको रौनक अझ उचो हुने गर्थ्यो। जनजातिहरुको आफ्नो भेषभूषा,पहिरन,  र आफ्ना संस्कृतिक कोसेली पस्कने जमर्काे हुने गर्थ्यो। आफ्नै वारी र बनपाखाको प्राकृतिक उत्पादनको साटासाट र बिक्रीबाट केही आम्दानि समेत गर्ने प्रचलन थियो। गाउका स्थानीय खेल, कला, संगीतको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने गरेको गथ्र्यो ।  धार्मिक मान्यता र संस्कृतिको जगेर्नामा आत्मनिर्भरता थियो। यूवा युवतिहरु दौतरी सै–साथीहरुको माया पृति साट्ने र यसले बिवाह बन्धनमा बाधिने समेत सुअवसर सृजित हुन कुरा स्वभाबिक हो।यस्ता मेला बिगत र आज पनि झनै मौलाउदै र फष्टाउदै गएको हामी अहिले देख्न सक्छौ। सरकार र राज्यले दिने सेवा र सुरक्षा आवश्यक पर्ने ठाउँमा दिदै आउन थालेको छ। 
                                                                                             
२. बर्तमानको रुपान्तरणः

                                             
बर्तमान समयमा क्रमश मेलाहरु महोत्सबमा रुपान्तरण भए। विभिन्न जिल्ला र धार्मिक( सांस्कृतिक दृष्टिले लाग्ने गरेका मेलाहरुमा पनि औपचारीक महोत्सब हुन थाल्यो। जनताको पहुचमा संचालित मेलाहरु क्रमश मन्द गतिमा सरकारी र गुठि वा संस्थानहरुको स्वामित्व ग्रहण गर्न लागे। स्थानीयताको नाममा बाह्य आगमन हुन थाल्यो। जिल्लै पिच्छे महोत्सब मेला मनाउन थालिए। यसको लागि सरकारी बजेट, बाहिरी कलाकार, बाहिरबाट आयातित खेलहरु, किनबेचहरु हुन थाले। स्थानीय समाजबाट व्यापारी  र बिजनेस हाउसहरु र उधोग बाणिज्य संघहरुको बिजनेसको थलो बन्दै गयो। मेला भरेर यसको मुनाफा सीमित ब्यापारीहरुको लागि हुने किनबेचको साधनमा रुपान्तरित भयो।

आधुनिकताबाद, प्रबिधिको पहुच,  उपभोक्ताबादी संस्कृति भित्र्याने थलोको रुपमा बिकसित हुँदै जान थाल्यो। किनबेच हुँदै जाने क्रममा कलाकारहरु किनिन थाले, उनीहरुको कला कमाउने धन्दाको रुपमा बिकसित भयो। प्रबिधि, संगित, खेल, लाउने, खाने, र आधुनिक सामानहरु सबै ब्यापारीक र ब्याबसायिकरण हुँदै गयो। यसले एकातिर स्थानीयतामा आधरित कला संस्कृतिको संरक्षण गर्न सकेन। अर्काे स्थानीय उत्पादन बढवा गरी बजारीकरणमा टेवा दिने कार्यमा ध्यान दिन सकिएन। यसो हुन नसक्दा सीमित पुजिपति बर्ग र ब्याबसायिक ब्यापारीहरुको मात्र नभएर मन्द गतिमा ठूला ब्यापारी, ठेकेदार र छिमेकी मुलुक भारत, चीनको समेत ब्यापारको थलो बन्न गयो। यसरी स्थानीयतामा आधारित मेला पर्वहरु बाह्य आयातितहरुले मुनाफा लिने महोत्सब बन्दै गए । पूँजिबाद र प्रबिधिको बिकासमा यस्तो भए पनि यिनलाई स्थानीयतामा आधारित र आत्मनिर्भरता उन्मुख बनाउन सकिएन। यसो हुन नसक्दा स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा पनि मन्द रुपमा प्रतिकूल प्रभाब पार्नेे एकाथरी अर्थबिदहरु औल्याउछन्।

यति मात्र हैन स्थानीय संस्कृतिको संरक्षणको नाममा छाडा, अश्लिल र आधुनिक ब्यायसायिक संस्कृति गाउँ ठाउँमा भित्र्र्याउन पनि मलजल पुगेको छ। यसको प्रभाब पश्चिमा संस्कृति मौन रुपमा आत्मस्विकृत भईरहेका छन। पश्चिमाहरुको लक्ष्य बिश्वभर संस्कृतिमा हस्तक्षेप गरी एउटै संस्कृतिको निर्माण हो। यसलाई नेपाल जस्तो बिकासोन्मुख देसहरुले अनुशरण गर्नु स्वभाबिक भएर्को एक थरिको तर्क छ। अर्काे थरी स्थानीयतामा आधारितलाई जगेर्ना गर्ने तर्क छ। महोत्सब पनि क्रमश जताततै उहीँ रंङ्ग र ढंङ्गमा दोहोरोने गरी जथाभाबी बढवा दिने होडबाजी चलिरहेको छ। जनतासँग पैसा लिएर मुनाफा लिई बिकास निर्माण गर्ने मनशाय र आफ्नै स्थानीय ठाउमा आफैले गर्ने नाममा यसको पुनराबृत्ति भएको हो। यसल स्थानीय आम जनतालाई प्रतिकूल प्रभाबित बनाएको तथ्य नकार्न सकिँदैन। बिगतको ऐतिहासिक मेला र आधुनिक महोत्सब बाट पाठ सिकेर अघि बड्न सके नेपाली समाजको भलाई हुने छ।  यस्ता महोत्सबहरुको प्रभाब र असरलाई राज्य र सरकारी स्तरबाट समेत विश्लेषण गरि दिशानिर्देश गर्नु जनता र देसको निम्ति हितकारी हुने छ।  हैन भने यी मेला पर्ब जस्तै हाम्रो सिंगै सांस्कृतिक रुपानणतरण दिशबिहीन हुने छ। 
                       
 लेखक : सामाजिक अभियान्ता हुन  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif