Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

चन्द्रागिरी साकोसले सदस्यहरुलाई दियो प्रविधि साक्षरता


२०७६ मंसीर १ गते , आईतवार प्रकाशित

चन्द्रागिरि बचत तथा ऋण सहकारीले प्रविधि साक्षरता गोष्ठी सम्पन्न गरेको छ । 

बदलिँदो समय अनुसार डिजिटल प्ल्याटफर्महरु प्रयोग गरी लेखपढ गर्ने, सृजना गर्ने, मूल्याङ्कन गर्ने, सन्देश तथा जानकारीहरु आदान प्रदान गर्ने सदस्यहरुको ज्ञान, सीप र क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए । 

संस्थाको मोबाइल प्ल्याटफर्म ‘चन्द्रागिरि एम सर्भिस’ प्रयोगकर्ताहरुलाई लक्षित गरी उक्त कार्यक्रम गरिएको थियो ।  

सहकारी क्षेत्रले खासगरी युवा उमेर समूहका व्यक्तिहरुलाई संलग्न हुन र कारोबार गर्न त्यति धेरै आकर्षित गर्न सकेको देखिदैन । त्यसको मुख्य कारण सहकारीले प्रविधिमा आधारित सेवाहरु प्रदान गर्न नसक्नु र प्रयोग गरिएका प्रविधिहरुको पनि यथोचित जानकारी गराउन नसक्नु रहेको छ । 

त्यसैले प्रविधिमा आधारित सेवाहरुको प्रयोग गर्ने सीप विकास गर्नको लागि प्रयोगात्मक अभ्यास गर्नुको साथै र डिजिटल प्ल्याटफर्ममा उपलब्ध विविध प्रकारका उपयोगी एप्लिकेसनहरुको प्रयोग सम्बन्धी जानकारी गोष्ठीमा गराइएको थियो ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif