Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

नेपाल कम्युनिष्ट पार्टीमा मानब दलको सम्मिलन


२०७६ कार्तीक ३० गते , शनिवार प्रकाशित

धनुषा/जनकपुर, 
  जनकपुरधामको मण्डल कुटीमा हिजो आयोजित एक समारोहका बीच डा.मिश्री मण्डल नेतृत्वको मानब दल नेपाल कम्युनिष्ट पाटीमा सम्मिलन भएको छ । नेपाल कम्युनिष्ट पार्टीको झण्डा, अखिल नेपाल किसान संघको झण्डा र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलालको तस्बीर सुम्पिदै नेपाल कम्युनिष्ट पार्टीका दोश्रो राष्ट्रिय सम्मेलन तयारी समितिका  संयोजक कमरेड ऋषिराम कट्टेल स्वागत अभिबादन गर्नु भयो । 

  त्यस अबसरमा बोल्ने क्रममा संयोजक कट्टेलल कम्युनिष्ट आन्दोलनलाई गलत बाटोमा धकेल्ने षडयन्त्रको बिरुद्ध कमरेड पुष्पलालका नीति बिचार सिद्धान्तको रक्षा गर्दै नेपाली जनता र राष्ट्रको मुक्तिका निम्ति संघर्षमा सामेल हुन आएका मानब दलका नेता तथा कार्यकर्ताहरुलाई सम्मानकासाथ स्वागत गर्नु भयो । उहाले पुष्पलाल बिचारका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु एकजुट नभई आजका नेपालका जल्दाबल्दा राष्ट्रिय समस्याहरु हल हुन सक्तैनन् भन्नु भयो ।


  कार्यक्रममा बोल्दै पार्टीका सहसंयोजक कमरेड लोकनारायण सुबेदीले नेपाल कम्युनिष्ट पार्टी मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, दलित, जनजाति लगायत आम श्रमजीवी जनताको पार्टी भएकोले बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्तिको लागि संघर्ष गर्ने र जनतालाई उठाउने, जगाउने र अघि बढाउने बास्तविक जनतालाई देशको मालिक बनाउने भ्रष्टाचार, तस्करी, कालोबजारी, कमिशनखोर बिरोधी पार्टी भएकोले यसले मात्र आम श्रमजीवी नेपाली जनता र राष्ट्रको  सार्बभौमिकतालाई सार्थक तुल्याउन सक्छ  अनि नेपाली समाजमा  रहेका बिभेद, बिषमता र बहिष्करणमा परेका जनताको उत्थान र देशको चौतर्फी प्रगतिको बातावरण सिर्जना गर्न सक्तछ भन्नु भयो ।

  बिघटित मानब दलका नेता डा. मिश्री मण्डलले नेपाल कम्युनिष्ट पार्टीको नीति र सिद्धान्तले नै मानब दलको बिचार, नीति र सिद्धान्तको प्रतिनिधित्व गरेकोले यो पाटी ससम्मान नेपाल कम्युनिष्ट पार्टीमा सम्मिलन भएको र इमानदारीकासाथ यस पार्टीमा रहेर जनताको सेवा गर्ने क्रान्तिकारी भावना प्रकट गर्नु भयो । उहाले सबै इमानदार क्रान्तिकारीहरुलाई नेपाल कम्युनिष्टल पार्टीमा सामेल हुन आह्वान पनि गर्नु भयो ।


प्रदेश नं. एकमा इञ्चार्ज तथा पार्टीका केन्द्रिय सचिवालय सदस्य कमरेड भिम सेढाइले नब आगन्तुक कमरेडहरलाई स्वागत गर्दै कमरेड पुष्पलालको बिचार छोडेर देशको कम्युनिष्ट आन्दोलनको रक्षा, बिकास र सुदृढीकरण गर्न सकिन्न भन्ने कुरा ब्यक्त गर्नु भयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले सदा सर्बदा नेपाली जनता र राष्ट्रका मूलभूत राष्ट्रिय मुद्दालाई उठाएको छ र राष्ट्रिय सवालहरु कहिल्यै पनि चुकेको या बिचलित भएको छैन भन्ने कुरा स्पष्ट पार्नु भयो ।



  समारोहमा उपस्थित सबै कमरेड तथा मित्रहरुलाई स्वागत गर्दै प्रदेश नं. २ का अध्यक्ष तथा पार्टीका केन्द्रिय सचिवालय सदस्य कमरेड रामदुलार महतोले नेपाली जनताको वास्तबिक कम्युनिष्ट पार्टी कमरेड पुष्पलालको बिचार बोकेको कम्युनिष्ट पार्टी हो र यसले मात्र नेपाली जनता र  राष्ट्रको हकहितको रक्षा र बिकास गर्न सक्छ भन्ने कुरा प्रष्ट गर्नु भयो ।   कार्यक्रममा सम्मिलन भएका पार्टीका नेताहरु धनुषका नेताहरु बिपद मण्डल, अरुण झा तथा महोत्तरी नेता शंकरदासहरुले पनि कम्युनिष्ट पार्टीको झण्डामुनि एकजुट हुनुको कुनै बिकल्प छैन भन्ने प्रष्ट पार्नु भएको थियो ।



    सम्मिलन समारोहकै बेला नेपाल कम्युनिष्ट पार्टीमा नब प्रबेशी नेता तथा कार्यकर्ताहरुमध्ये डा. मिश्री मण्डललाई पार्टीको केन्द्रिय सचिवालय, बिपद मण्डल र अरुण झालाई  केन्द्रिय आयोजक समिति र परमेश्वर मण्डललाई धनुषा जिल्लाका अध्यक्षमा समावेश गरिएको घोषणा पनि गरिएको थियो ।

  सम्मिलन समारोहमा उपस्थिति भेलाले  भारतले हालै नेपालको सार्बभौमिकता र क्षेत्रीय अखण्डतामाथि अतिक्रमण गर्दै जारी गरेको नक्शा खारेज गर्न जोडदार माग गर्दै कालापानीबाट भारतीय सेना तत्काल हटाउन माग गर्दछन् । त्यसैगरी राजनीतिको अपाराधीकरण र अपराधको राजनीतिकरण ब्याप्त भएको र महरा यौन प्रकरण र अफताब आलम इटाभट्टामा मानब संहार प्रकरण उल्लेख गर्दै यस्ता कयौं घटना लुकाउने छिपाउने कार्य भइरहेको, सर्बत्र भ्रष्टाचार, तस्करी, कालोबजारी, तस्करी, कमीशनखोरीको बिरोध, किसानलाई लाभकारी मूल्य र धानमा गेडा नलागेकोमा क्षतिपूर्तिको माग, किसानलाई ऊखुको बाकी बक्यौत मूल्य क्षतिपूर्तिकासाथ तत्काल प्रदान गर्न जस्ता महत्वपूर्ण प्रस्ताव पारित गरेको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif