Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

युनाईटेड ईन्स्योरेन्सको २५ औ बार्षिक साधारण सभा सम्पन्न


२०७६ कार्तीक २७ गते , बुधवार प्रकाशित

युनाईटेड ईन्स्योरेन्स कम्पनीको २५ औ बार्षिक साधारण सभा संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको छ । 

सभाले २०७४/०७५ बार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तियविवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरेको छ । 

सभाबाट संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको घोषणा छ । त्यसैगरी संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने र कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्तगर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु समेत सभाले सर्वसम्मत रुपमा पारित गरेको छ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif