Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

कृष्णनगरको मदरशामा रक्तदान कार्यक्रम


२०७६ कार्तीक २६ गते , मंगलवार प्रकाशित

शहबाज खान

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३ लक्ष्मीनगरको अहले सुन्नत फैजे मुस्तफा अतिकीया मदरसामा रक्तदान कार्यक्रम हिजो सम्पन्न भएका छ ।           रक्त दान महादान’ नाराका साथ“ सम्पन्न भएको  रक्तदान कार्यक्रममा ईलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख जगदीश अर्याल,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरिक्षक प्रताप पौडेल,सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हेक्वा.(रा.तथा भ.सु.ग)कृष्णनगरका सशस्त्र प्रहरी उपरिक्षक सुशील कुमार शाही,कृष्णनगर नगरपालिक का कार्यकरणी अधिकृत दमोदर भण्डारी,युवा व्यापारी इस्लाम खान, नेकपा कृष्णनगर नगर अध्यक्ष जावेद आलम,यूवा समाजसेवी तुफेल अहमद लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी  र लक्ष्मीनगरका स्थानीयहरु  ५०( पचास) जना भन्दा बढ़ीले रक्तदान   गरेका थिए ।    कार्यक्रम मिर्जा अर्सद बगेको अध्यक्षता र   इम्बार्क इंटरनेशनल कृष्णनगर संस्थाको आयोजना तथा रेडक्रश सोसाइटी कपिलवस्तु नेपालको सहयोगमा भएको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif