Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

अनशनरत डा. केसीको स्थिति नाजुक बन्दै


२०७६ कार्तीक २५ गते , सोमवार प्रकाशित

चिकित्सा शिक्षा सुधारका निमित्त सरकारले डा. गोबिन्द केसीसँग गरेको सम्झौता लागु नभएको लगायत सुशासन समेतका माग अघि सार्दै डडेलधुरामा अनशन बसेको सात दिन बितिसक्दा पनि सरकारले कुनै चासो नदेखाएको र आफ्नो स्वास्थ्य स्थिति खराब हुदै गएको अबस्थामा डा. केसीले पत्रकार सम्मेलन गरी अब आफु बोल्न सक्ने हो कि होइन, आफ्ना कुरा अलि अलि बोल्न सक्दैमा भनिहाल्नका निम्ति पत्रकार सम्मेलन बोलाएको बताएका छन् । आज उनको अनशन आठौ दिनमा चलिरहेको छ । 
 
 

डडेलधुरा अस्पतालका चिकित्सकले डा. केसीको स्वास्थ्य स्थिति कमजोर भएको मुटुको धड्कन बढेको,मृगौलामा समस्या देखिएको र रक्तचाप पनि खस्किदै गएको बताएका छन् । यसै बीच डा.केसी अनशन बसेदेखि नै डडेलधुरामा बिभिन्न सामाजिक संस्थाहरुले उनको अनसनको समर्थन गर्दै प्रदर्शनहरु गर्न थालेको र त्यो क्रम बढ्दै गएको समाचारहरु आइरहेका छन् ।

उनको स्वास्थ्य हेर्ने चिकित्सकहरु भने डा. केसीको बिग्रदो स्वास्थ्यामा सुधार नआएमा अलि बढी सुबिधा सम्पन्न धनगडी  अस्पतालमा लानु पर्ने औंल्याउन थालेका छन् । तर डा. केसी भने अनशन माग पूरा नभएसम्म नतोड्ने र 
डडेलधुरा पनि नछोड्ने भनेर कस्सिको बताइएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif