Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

दुई सहकारी संस्थावीच भगिनी सम्बन्ध स्थापना


२०७६ कार्तीक २४ गते , आईतवार प्रकाशित

 यहि कार्तिक २३ गते चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि र बनेपा काभ्रे स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्थावीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाको व्यवसायीक परिचय संस्थागत रुपमा आपसमा अभिबृद्धि गर्दै दुई संस्थाहरुले अभ्यासमा ल्याएका नीति, विधि र प्रविधिहरुको उपादेयता आपसमा विनिमय गरी दुवै संस्थाका अनुभव र अभ्यासहरुद्वारा सहकारी कृयाकलापहरुमा थप विश्वंसनीयता र सक्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ ज्योति बहुउद्देश्यीय सहकारी संस्था बनेपाको हिजो सम्पन्न २० औं वार्षिक साधारण सभाका वीच सो सम्बन्ध स्थापनाको सम्झौता भएको हो । चन्द्रागिरिका सचिव योगेन्द्रकुमार कुँवर र ज्योतिका अध्यक्ष मुकुन्दप्रसाद दहाल विच उक्त साधारण सभामा प्रतिवद्धता पत्र हस्तान्तरण भएको हो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif