Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

आँखा शिबिरबाट गाउँपालिकाका ४२६ जना लाभान्बित


२०७६ कार्तीक २४ गते , आईतवार प्रकाशित


 अमृत भट्टराई 

  बिहादी, पर्वत । गुल्मीको कालीगण्डकी गाउँपालिकामा निस्शुल्क  घुम्ती आँखा शिविर सम्पन्न भएको छ ।  दुर्गम र ग्रामीण क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुराउने उदेश्यले विपि नेत्र प्रतिष्ठा काठमाडौंको प्रविधिक सहयोग र कालीगण्डकी गाउँपालीकाको आयोजनामा २ दिने घुम्ती आँखा शिविर  कात्तिक २१ र २२ गते सञ्चालन भएको हो ।

   घुम्ती शिविरबाट गुल्मीको कालीगण्डकी गाउँपालिका ,पर्वतको बिहादी गाउँपालीकाका  ४२६ जनाले सेवा लिएको गुल्मी कालीगण्डकी गाउँपालीका आयुर्वेद प्रमुख कविराज निरीक्षक हरि प्रसाद पन्तले जानकारी दिए ।

   घुम्ती शिविरमा २२० जना पुरुष र २०६ महिलाले आँखा परिक्षण गरेका थिए जसमा १८८ जनालाई चस्मा वितरण गरिएको थियो भने ९७ जनामा मोतिबिन्दु देखिएको र रिफर गरिएको नेत्र प्रतिष्ठान का डाक्टर आशिष गुरुङले जानकारी दिए । घुम्ती शिविरमा विहादी गाउँपालीका वडा नम्बर ३ का ९७ बर्षिय हिमलाल नरकोटिले पनि आँखा परिक्षण गराएका थिए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif