Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

भारतीय मिचाहा नक्शाले नेपालमा भारतको बिरोध भड्कायो


२०७६ कार्तीक २० गते , बुधवार प्रकाशित

 भारत सरकारले पछिल्लो पटक जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी लिपुलेक क्षेत्र आफ्नु देशमा गाभेपछि त्यसले नेपालमा ठूलो रोष र बिरोध देखा परेको छ । सामाजिक सञ्जाल र सञ्चार क्षेत्रमाफर्त यूवा बिद्यार्थी, बुद्धिजिीवन, सीमाबिद् परराष्ट्रबित रोषपूर्ण प्रतिकृया देखापरेको छ । बर्र्षौदेखि कालापानी क्षेत्रमा भारतले जबर्जस्ती अतिक्रमण गरेर सेना समेत तैनाथ गरी त्यहाँ बसेको कुरा जग जाहेर छ । त्रि–देशीय बिन्दू बन्न सक्ने ठाउँलाई बेवास्ता गर्दै चीनलाई समेत साथ लिएर चीन – भारत आवात जावात गर्नका  लिपु लेकको बाटो खोल्ने सहमति नेपालको अनुपस्थितिमा गरेपछि र कश्मिरको बिशेष मान्नतालाई खारेज गरेपछि भारतले अहिले यो नक्शा प्रकाशमा ल्याएकोले भारतकाप्रति नेपालमा थप सन्देह उत्पन्न भएको हो । सर्बत्र बिरोध भए पछि नेपाल सरकारले पनि परराष्ट्र मन्त्रालयमार्फत आफ्नो प्रतिकृया जनाएको छ र भारतको त्यो एकपक्षीय नक्सा नेपाललाई मान्य नहुने जनाएको छ ।


     झण्डै दुइ शताब्दीको साम्राज्यादी दासत खेपेको भारतले नेपालप्रति गर्ने ब्यवहार र गतिबिधि भने बृटिश–भारतकालीन नै छ । जबकि ऐतिहासिक प्रमाणिक दस्ताबेजहरु र सीमा नदीहरुको उद्गम, प्रवाह क्षेत्र(पानीढलो) आदि सबै कुराले नेपाल र भारतको सीमालाई प्रष्ट पारेकै छन् र सुगौली सन्धि अघि र पछिका दस्ताबजेहरुमा खोज्दा ती कुरा प्रष्ट देखिन्छन् । तर भारतले नेपालको पिछडिएको र कमजोर स्थितिबाट फाइदा उठाउन र नेपाललाई आफ्नो हठ अनुसार मिचाहा प्रबृत्तिकासाथ प्रस्तुत हुन चाहन्छ भन्ने कुरा पटक पटक देखापर्ने गरेको छ । त्यसैले अहिले पनि भारतसँग ७१ ठाउमा नेपालको सीमा बिबाद रहेको छ । तर यो नेपाल पक्षको कुरा हो भारतको कुरा होइन भनेर भारतीय पक्षले अहिलेसम्म अनर्थकारी अड्डी लिइरहेको छ ।


  नेपालका सरकारहरुले पनि भारतसँगको सम्वन्धलाई घनिष्ठ भन्दै बास्तविक समस्या हल गर्नेतिर भन्दा ढाकछोप गर्ने र सत्ताको लागि संकीर्ण चोचोमोचो मिलाउने गलत ब्यबहारले गर्दा भारतले सम्बन्धलाई आफ्नो र्गिर्हत स्वार्थ अनुकूल गलत दिशामा लैजाने गर्दै आएको छ । यो मानसिकताबाट मुक्त भए मात्र नेपाल र भारत बिचको सीमा बिबाद लगायतका सम्वन्धका समस्याहरु हल हुन सक्नेछन् । नत्र समस्यालाई नेपालले अन्तर्राष्ट्यि करण गर्न र एकताबद्ध संघर्ष गर्न बाध्य हुनु बाहेक अरु बिकल्प देखिदैन ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif