Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

लेनिनलाई लल्कार्नेहरुको लर्को


२०७६ कार्तीक २० गते , बुधवार प्रकाशित

यूगौंदेखि दुःखकष्टमा परेका मानब जातिको सर्बाधिक ठूलो हिस्सालाई त्यो स्थितिबाट मुक्त गर्न बिश्वमा बिकसित भएको मार्क्सबादका सच्चा अनुयायी तथा सफल प्रयोगकर्ता क्रान्तिकारी कम्युनिष्ट  नेता लेनिनलाई कुनै आधार र औचित्य बिना जथाभावी लल्कार्नेहरु आज पनि बिश्वभरी नै पाइन्छन् । उनीहरुलाई शोषण, अन्याय, थिचोमिचो, दबाब र दमन शाश्वत र साँच्चो लाग्दछ । यो अन्ध बिश्वासबाट उनीहरु ग्रसित र आक्रान्त छन् । अनि यस स्थितिबाट मानब समाज मुक्त हुन सक्तछ भन्ने बिश्वासको सञ्चार उनीहरुमा हुन सक्तैन


      जबकि आजको बिज्ञान र प्रबिधिको चरम बिकासले संसारलाई त्यसै दिशातर्फ धकेलिरहेको छ । श्रमको सामाजिकीकरण र पूँजीको केन्द्रिकरणको जुन अबस्था लामो समयदेखि बिद्यमान छ त्यो अब धेरै दिन चल्ने स्थिति छैन । अनि पूँजी र श्रम बीचको यो अन्तरबिरोध हल नभई बिश्वको मानब समाज बस्तुत शोषण, अन्याय, असमानता र अमानबीयताबाट मुक्त हुन पनि सक्तैन । त्यसैले बैज्ञानिक समाजबाद बिश्वका मानब समुदायको उन्नति, प्रगति र उनीहरुको सुनिश्चित भबिष्यका लागि अपरिहार्य र अनिबार्य कुरा भएको छ । रुसी क्यालेण्डर अनुसार १९१७ मा नोभेम्बर ७ मा भएको महान अक्टोबर समाजबादीको मर्म यही हो । बिश्व कम्युनिष्ट आन्दोनलका सफल प्रयोगकर्ता तथा मार्गदर्शक लेनिनका अमर कृतिहरुको गम्भीर अध्ययन गर्नु, क्रान्तिलाई सही किसिमले ससी परिप्रेक्षमा बुझ्नु र बिद्यमान अर्थ–सामाजिक संरचनाको आमूल क्रान्तिकारी रुपान्तरण गर्ने आधार तयार गर्दै त्यस्तो परिबर्तनमा जनताको सचेत, संगठित, सक्रिय र संघर्षशील नेतृत्व कायम गरेर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त समाजको स्थापना गर्न अग्रसर हुनु अक्टोबर क्रान्ति दिवस मनाउनुको उपादेयता हो । यस दिशामा सर्बात्मना समर्पित भएर लाग्न सकेमा मात्र लेनिनलाई लल्कार्नेहरुलाई सही जबाफ पनि हुन्छ र जनताले खोजेको न्याय, समानता, शान्ति शतत स्वाधीनता पनि प्राप्त हुन्छ ।  अक्टोबर क्रान्तिको मर्म र भावना अमर छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif