Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

महान अक्टोबर समाजबादी क्रान्तिको सन्दर्भ र सार्थक महत्व


२०७६ कार्तीक २० गते , बुधवार प्रकाशित



–लोकनारायण सुवेदी


    यतिबेला बिश्वभरी नै बैज्ञानिक समाजवादमा बिश्वास राख्ने र त्यसको लागि संघर्षरत जन समुदायले महान अक्टोबर समाजबादी क्रान्तिको १०२औं बार्षिकोत्सब मनाइरहेका छन् । हुन पनि माक्र्सबादका असल र सही उत्तराधिकारी तथा रुसी क्रान्तिकारी माक्र्सबादी चिन्तक एबं नेता भ्लादिमिर इलिच लेनिनको नेतृत्वमा बिश्वलाई नै नयाँ मोड दिने र अपूर्व प्रभाव पार्ने यो क्रान्ति बिश्व मानब इतिहासमा  यस  पूर्वका सबै क्रान्तिहरुभन्दा गुणात्मकरुपले नै अत्यन्तै भिन्न र उन्नत स्तरको गम्भीर, गहन र गहिरो प्रभाव पार्ने क्रान्ति थियो र हो । त्यति मात्रै होइन, त्यो क्रान्ति समाजका सबैभन्दा शोषित, पीडित बर्ग र समुदायका पददलित — मजदुर किसान र समाजका अरु उत्पीडित समुदाय र क्षेत्रका जनताको त्यस्तो क्रान्ति थियो जसले क्रान्तिपछिको मानब समाजमा मानिसले मानिसलाई शोषण गर्ने कुनै  स्थिति नै नरहेको बिल्कुलै नयाँ समाजको निर्माण गरेको थियो । स्पष्टतः एउटा ‘शोषण मुक्त मानब समाज’ !   त्यसैले यो क्रान्ति पूवबर्ती क्रान्तिहरुभन्दा उच्च, भिन्न र महान क्रान्ति भएको हो । रुस र बाँकी बिश्वलाई नै अपूर्व नयाँ सन्देश, उत्साह र ऊर्जा प्रदान गर्ने १९१७ अक्टोबर २५ मा सम्पन्न यस क्रान्तिले समाजबादी सोभियत संघको एउटा नयाँ समाज स्थापना गरेको थियो र बिश्वमा पहिलो पटक शोषित पीडित जनताको पहल र प्रयत्नमा एउटा छुट्टै र  आफ्नै बिल्कुलै नयाँ – शोषित पीडित बर्ग र समुदायको राज्य स्थापना गरेको थियो ।     

यद्यपि आज त्यो महान लेनिनले स्थापित र आरम्भ गरेको तथा क्रान्तिकारी नेता स्टालिनले निर्माण गरेको समाजबादी सोभियत संघ केबल इतिहासको एउटा अध्याय बनेको छ । तर  आम शोषित पीडित रुसी जनताकासाथै  समाजबादी सोभियत संघमा आबद्ध देशका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र मनोरञ्जन लगायत  सर्बतोमुखी मानबीय बिकासको सुनिश्चितता प्रदान गर्ने, बिश्व साम्राज्यबादलाई लल्कार्ने र साम्राज्यवाद, उपनिवेशबाद, नब उपनिवेशबादका आधारमा प्रभुत्व  जमाउने र  शोषण गर्ने शक्तिका बिरुद्ध निर्धक्ककासाथ खडा हुने  सोभियत समाजबादी समाज आज अस्तित्वमा छैन । त्यसो हुनुमा गम्भीर सैद्धान्तिक बिचलन र तदनुरुपमा ब्यवहार खाशगरी स्टालिनको देहाबसानपछि शुरु भएको संसोधनबादी चिन्तनले महान  अक्टोबर समाजबादी क्रान्ति तथा माक्र्सबाद लेनिनबादको मर्म र भावना अनुरुप नचलेको प्रतिप्रवाहकारी प्रकृतिको आन्तरिक स्थिति र बाह्य साम्राज्यवादी एवं प्रतिकृयावादी षडयन्त्रका कारण त्यो शोषणरहीत समाज पुनः शोषणयुक्त प्रतिगामी समाजमा परिणत हुन पुग्यो । बिश्वमा मुक्तिकामी जनता र राष्ट्रका लागि यो अत्यन्तै ठूलो प्रतिगामी धक्का थियो र हो । त्यसको बिश्वब्यापी असर प¥यो नै । यस बारेमा छुट्टै गम्भीर, गहन र गहिरो अध्ययन र बिश्लेषण गरिनु आवश्यक छ । तर त्यस धक्काले महान अक्टोबर समाजवादी क्रान्त्रिको मूल धेय — सबै किसिमका शोषण उत्पीडनबाट मानबताको मुक्ति र त्यसले बिश्वब्यापीरुपमा पारेको अग्रगामी उत्साहकारी प्रभाव कमजोर भएको छैन । क्रान्तिकारी आमूल परिवर्तनको दिशामा केही क्षण भ्रम सिर्जना गरेको र अल्मलमा पारेको भए पनि, फेरि पनि त्यसले त्यो मानब मुक्तिको दिशालाई बदल्न सक्ने कुरा थिएन । त्यसैले धक्कालाई ब्यहोर्दै र समीक्षा गर्दै बिश्वभरी नै कम्युनिष्ट आन्दोलन फेरि पनि सबै किसिमका शोषणबाट मानब मुक्तिको धेयमा आ–आफ्नै किसिमले अघि बढ्दैछ र यसलाई पुनः माक्र्सवादी लेनिनबादी सार्बभौम क्रान्तिकारी नियमका आधारमा  एकीकृतरुपमा साझा बिन्दू पहिल्याएर अझ सही र उन्नत दिशामा अघि बढाउन पहल प्रयत्न गर्नु पर्ने आवश्यकता छ । यसै सन्दर्भमा हामीले अक्टोबर क्रान्तिलाई सही परिपेक्षमा बुझ्नु बुझाउनु पर्दछ र सही दिशामा अघि बढ्नु पर्दछ ।

  अक्टोबर समाजवादी क्रान्तिको कुरा गर्दा हामीले के बिल्कुलै बिसर्न हुदैन भने त्यतिबेला रुसमा एकदमै निरंकुश राजतन्त्रको शासन थियो र त्यसलाई जारशाही भनिन्थ्यो । जमिन्दार बर्गको त्यो जार साम्राज्य त्यस बेलाको मध्य एयिशासम्मै फैलिएको थियो । तथ्यांक अनुसार रुसमा क्रान्तिपूर्वको सबैभन्दा पछिल्लो जार शासकको अधिनमा मात्रै ८ लाख हेक्टर सबैभन्दा राम्रो देशको  जमिनमाथि स्वामित्व रहेको र २८,००० ठूला जमिन्दारहरु रहेको कुरा इतिहासमा अंकित छ । ती र अरु ठूला साना सबै जमिन्दारहरुको  स्वामित्वमा त्यतिबेलाको रुसी साम्राज्यमा १ करोड ६७ लाख ४० हजार एकड जमिन रहेको उल्लेख छ । त्यस्तो पुरानो सामन्ती स्थितिकासाथै औद्योगिक र खानीको क्षेत्रमा प्रबेश  भएको ठूलो पूँजीबादी एकाधिकारले समेत गर्दा रुसी समाज अर्ध सामन्ती जमिन्दारी प्रणालीको रुपमा खडा हुँदै गएको थियो । यद्यपि यसरी रुसमा पनि पूँजीवादको बिकास तीब्ररुपमा हुदै गएको थियो तर यूरोपका अरु देशहरुसँगको  तुलनामा   त्यतिबेला पनि रुस मूलतः पिछडिएको अबस्थाबाटै गुजिरहेको थियो ।

  त्यस्तै स्थितिमा रुसी जारशाही पनि पहिलो बिश्व युद्ध(१९१४–१८)मा सामेल भएको थियो । बिश्वलाई आ–आफ्ना  स्वार्थ अनुकूल बिभाजन गर्ने त्यो बिश्वमा घटित पहिलो ठूलो साम्राज्यवादी युद्ध थियो । त्यसमा जर्मनी, बेलायत, फ्रान्स र रुस आ–आफ्ना उपनिवेश र त्यहाँ भएका श्रोत सानधहरुमाथि नियन्त्रण गर्न युद्धमा होमिएका थिए । त्यस क्रममा  जारशाहीले रुसका लाखौ लाख श्रमजीवी मजदुर किसानलाई जबर्जस्ती रुसी सेनामा भर्ना लिन र युद्धको अग्रिम मोर्चामा खडा भएर लड्न बाध्य तुल्याइरहेको थियो । त्यस क्रममा हजारौं हजार रुसी सीपाहीहरुले ज्यान गुमाइरहेका थिए र लगातार जर्मनीसँग हारिरहेका थिए । गरीब तप्काका पनि सबैभन्दा गरीब किसानहरु त रुसी जमिन्दारका दास जस्तै मात्र थिए र प्रायः तिनले सधैजसो मालिकको कोर्रा खाने गर्दथे ।

    त्यस्तो युद्ध र दासताको अत्यन्तै पीडादायक स्थितिमा रुसमा ब्यापक जन असन्तोष फैलिरहेको थियो । यस स्थितिबाट मुक्त हुन रुसको क्रान्तिकारी शक्ति खाशगरी रुसी कम्युनिष्ट पार्टी बोल्शेभिकले जारशाही सत्ताका बिरुद्ध जन बिद्रोहको बिगुल फुक्यो र जन असन्तोषको सही  नेतृत्व ग¥यो । त्यो आम जन बिद्रोहले फेबु्रअरी १९१७ मा ठूलो क्रान्तिको रुप लियो र जारशाहीको सत्तालाई पल्टाइदियो । त्यसको स्थानमा पूँजीवाी प्रभुत्व भएको सरकार आयो । फेबु्रअरी क्रान्तिले जारशाही सत्ताको प्रतिकृयावादी तप्कासँग सम्झौताको नीति लियो र ठूला पूजीपति बर्गको हित साधन गर्ने बाटो पक्रियो । जसले गर्दा त्यो सरकारकाप्रति पनि जन असन्तोष तीब्ररुपले बढ्दै गयो, खाशगरी युद्धमा मारिएका सेना र घाइते भएका जनताका परिवारका बीचमा यो  सरकार धेरै नै अप्रिय बन्न पुग्यो । यद्यपि त्यो  क्रान्तिको  दौरानमा  लोकप्रिय शक्तिकोरुपमा जनताका  नयाँ पद्धतिहरु जस्तै सोभियतहरु – मजदुर,किसान र सैनिकहरुका सोभियतहरु – लाई   एउटा शसक्त शक्तिको बिकासको पहलकोरुपमा  अघि बढाएको थियो र त्यो जनताको नयाँ संयन्त्र देशका सबै प्रमुख शहरहरु र कतिपय ग्रामीण क्षेत्रमा पनि फैलिसकेको थियो ।   

      बोल्शेभिक  पार्टी(जुन फेब्रुअरी क्रान्तिपछि कम्युनिष्ट पार्टीको रुपमा प्रकट भयो)ले श्रमजीवी जनता र सेनाका बिभिन्न टुकुडीहरुका  बीचमा बनेका सोभियतहरुबाट बढ्दो मात्रामा ठूलो समर्थन पाउदै गयो । सेप्टेम्बर महिनाको अन्त्य हुँदा नहुँदै त्यो संक्रमणकालीन सरकारले मजदुर, किसान र सेनाको ठूलो असन्तोषलाई झेल्नु परेको थियो । राजधानी पेत्रोग्राद र मास्को जस्ता शहरहरुमा सर्बहारा बर्गले आफ्नै सोभियतहरु  खडा गरेका थिए, सैनिकहरुले सरकारको साथ दिन छोड्र्दै  बढ्दो क्रान्तिकारी उभारको समर्थन गर्न थालेका थिए । रुसका ग्रामीण क्षेत्रभरीनै त्यतिबेला ग्रामीण किसान र कृषि मजदूरहरुले जमिन्दार र तानाशाहरुको जमिन आफ्नो हातमा लिन शुरु गरिसकेका थिए । जारको सेनामा रहेका सैनिहरुले पनि आफ्नै सोभियत खडा गर्न थालेका थिए र युद्धको अन्त्य गर्नुपर्ने र शान्ति स्थापना गर्नुपर्ने माग जोडदाररुपमा उठाइरहेका थिए । त्यस स्थितिलाई कुशलतापूर्वक नियालिरहेका निपूण र सर्बहारा बर्गका कुशल नेता लेनिनले सेनालाई सेनाको बर्दीमा यो किसानहरुकै जमात हो भनेर प्रष्ट दर्शाएका थिए । 

  बिकसित भएको ठिक यस्तो बस्तुगत स्थितिमा बोल्शेभिक पार्टीका नेतृत्वदायी सिद्धान्तकार र मार्गदर्शक अग्रज नेता लेनिनले ‘ठोस परिस्थितिको एकदमै ठोस बिश्लेषण’ गर्दै  देश बुर्जआ क्रान्तिको पहिलो चरणबाट दोश्रो चरणतिर अघि बढिरहेको  र यो दोश्रो चरणको क्रान्तिले राज्य शक्तिलाई सर्बहारा बर्ग र गरीब किसानको सबैभन्दा बिपन्न तप्काको हातमा सुम्पनु पर्दछ भन्ने प्रष्ट घोषणा र सुस्पष्ट दिग्दर्शन गराएका  थिए ।

  अन्ततः क्रान्तिकारी बोल्शेभिक पार्टीको ‘सम्पूर्ण शक्ति सोभियतलाई प्रदान गर’ भन्ने नारा र  आह्वानमा अक्टोबर २५ (पुरानो रुसी पात्रो अनुसर नोभेम्बर ७)का दिन मजदुरहरुको सेना(रेडगार्ड) र सेनामा भएका क्रान्तिकारी सैनिकहरु केरेन्सीको नेतृत्वमा रहेको अन्तरिम सरकारलाई सत्ताच्यूत गर्न अघि बढे । यस क्रममा राजधानी पेत्रोग्रादमाथि कुशलतापूर्व  कब्जा गर्दै  त्यो क्रान्ति सफलताकासाथ सम्पन्न भयो । अनि त्यसपछिका साताहरुमा मास्को र अन्य केन्द्रहरुमा अझैपनि जार समर्थक,भक्त र समर्पित प्रतिरोधीहरु र प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्दै क्रान्तिकारी सेनाले पूरै रुसभरीनै पुरानो जार साम्राज्य र सत्ताका अरु क्षेत्रहरुमा पनि सोभियत शक्तिको स्थापना गर्दै गयो । यसरी क्रान्तिको बिजय भयो र लेनिनको नेतृत्वमा शासन गर्ने सरकार होइन सेवा गर्ने  ‘जन कमिसार काउन्सिल’ स्थापना गर्ने महत्वपूर्ण मोडमा आइपुग्यो ।

    संघर्षको बेला बोल्शेमिकहरुले जनतालाई भूमि, शान्ति र भोजन भन्ने नाराको वरिपरी एकताबद्ध गरेका थिए । ठीक त्यही कुरालाई मूर्त र प्रष्टरुपमा अघि बढाउन लेनिन नेतृत्वको जन कमिशार काउन्सिलले पहिलो महत्वपूर्ण कदम चाल्दै अखिल रुसी मजदुर, किसान र सैनिक प्रतिनिधिहरुको  सोभियत समक्ष पहिलो पटक उच्च प्राथमिकताकासाथ भूमि र शान्ति सम्वन्धि सबैभन्दा महत्वपूर्ण आज्ञाप्ति जारी ग¥यो । यो भूमि आज्ञाप्ति जारी गरेपछि जमिन्दारहरुको सबै जमिन,चर्च र गुम्बाहरुको अधिनमा रहेका जमिन र जमिनसँग सम्वन्धित सम्पत्तिहरु स्थानीय र जिल्ला स्तरीय  किसान सोभियत कमिटीरुलाई सुम्पनु पर्ने नियम बनाएर तदारुखताकासाथ त्यसलाई लागु ग¥यो ।

  अनि सँगसँगै अर्को महत्वपूर्ण आज्ञाप्ति — ‘शान्ति सम्वन्धि आज्ञाप्ति’ले ततकाल युद्धको अन्त्य गर्न, युद्धमा संलग्न सबै सम्बद्ध देशहरुसँग शान्ति बार्ता गर्न ठोस प्रस्ताबकासाथ जोडदार अपील ग¥यो । सोभियतको नब गठित जन कमिसार काउन्सिलले कुनै क्षतिपूर्ति र बिजित या पराजित भूभागको कुनै कुरा बिना नै  यस्तो शान्ति सम्झौतामा तत्कालै सहभागी हुने दृढता ब्यक्त गर्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्न सरकार दृढ रहेको कुरा ब्यक्त ग¥यो र यसरी शान्तिलाई उच्च प्राथमिकता दियो ।

  क्रान्ति सम्पन्न भएपछि बनेको पहिलो जन कमिसार काउन्सिलका यस्ता महत्वपूर्ण र आधारभूत आज्ञाप्तिका अतिरिक्त अशिक्षाको अन्त्य, प्राथमिक शिक्षा सबैलाई अनिवार्य, स्वास्थ्योपचारको सुबिधा सबैलाई तथा नयाँ समाजबादी सोभियत संघको निर्माण(यूएसएसआर) जस्ता थप कुराहरु समेत त्यो  आज्ञाप्ति मार्फत प्रस्तुत ग¥यो । 


  वास्तवमा जारकालीन रुस ‘बिभिन्न जातिहरुका निमित्त एउटा बन्दी गृह’ जस्तै नै थियो । रुसी क्रान्तिले ती गैररुसी सबै जातिहरुलाई त्यो औपनिवेशिक दासताको बन्दीको स्थितिबाट मुक्त ग¥यो र तिनलाई समाजबादी सोभियत यूनियनभित्र स्वायत्त शासन प्रणाली प्रदान ग¥यो ।

  तर कलिलो समाजबादी सोभियत संघले यी कुराहरु अघि बढाउन पाउदा नपाउदै त्यसले तत्कालै प्रतिक्रान्तिकारी शक्तिहरुको तीब्र प्रतिरोधको सामना गर्नुप¥यो । रुसमा एउटा जटील गृह युद्धको आगो दन्कियो । त्यसले गर्दा लाल सेनाले श्वेत सेना र प्रतिक्रान्तिकारी शक्तिहरुसँग भिड्नैपर्ने स्थिति खडा भयो । बृटेन, जर्मनी र फ्रान्स लगायत १० वटा पूँजीवादी देशहरुले रुसको क्रान्तिबिरोधी शक्तिलाई हातहतियार र रसदपानी समेतको  समर्थन र सयहयोग गरिरहेका थिए । चार बर्षसम्म यस्तो घनघोर लडाई चलेपछि लालसेनाले क्रान्तिबिरोधी प्रतिकृयावादी शक्ति र श्वेत सेनामाथि बिजय हासिल ग¥यो । त्यस प्रकृयामा मजदुर किसानको भर्खरै स्थापित भएको सत्ताले अत्यन्तै ठूलो मूल्य चुकाउनु परेको थियो र अभूतपूर्व बलिदान दिनु परेको थियो । 

  आरम्भमा नै भनिएको छ कि यो महान समाजबादी अक्टोबर क्रान्ति बिश्वमा पहिला पहिला भएका बिभिन्न क्रान्तिहरुभन्दा भिन्न,उच्च र गुणात्मक हिसाबले नै उन्नतस्तरको क्रान्ति थियो र हो । १७८९ मा भएको बिश्व प्रसिद्ध फ्रान्सेली क्रान्ति देखियता पनि बिश्वमा अरु ठूल्ठूाल क्रान्तिहरु हुदै र तिनले सत्ता हातमा लिदै पनि आएका हुन् । तर ती क्रान्तिहरु मार्पmत पुरानो  सामन्त बर्गको हातमा रहेको राज्य शक्ति बुर्जुआ बर्ग अर्थात् पूजीबादी बर्गले हस्तगत गरेको हो । यसरी पुरानो शोषक बर्गको स्थानमा नयाँ शोषक बर्ग फेर्ने रुपमा मात्र ती पुराना क्रान्तिहरु भएका थिए । तर महान अक्टोबर क्रान्ति ती क्रान्तिहरु भन्दा फरक क्रान्ति थियो र हो । निश्चय नै इतिहासका बिभिन्न चरणमा बिभिन्न ठूल्ठूला क्रान्तिकारी आन्दोलन र परिबर्तनहरु भए । उदीयमान नयाँ शोषक बर्गले पुरानो शोषक बर्गलाई सत्ताबाट बिस्थापित पनि गरेको हो । यही घटना सामन्त बर्गबिरुद्ध पूँजीबादी बर्गले क्रान्ति गर्दा पनि घटेको हो । तर अक्टोबर समाजबादी क्रान्ति यस अर्थमा के फरक छ भने शोषक शासक बर्गको सत्तालाई समाप्त पारेर यो क्रान्तिले शोषित पीडित मजदुर, बिपन्न किसान जो शोषक बर्गबाट हर किसिमले प्रताडित थिए तिनले शोषक बर्गको शासन सत्ता पल्टाइदिए । क्रान्ति पछि हिजोको जस्तो नयाँ शोषक बर्गको सत्ता होइन कि शोषित पीडित बर्गको सत्ता बिश्वमा पहिलो पटक स्थापित र  आरम्भ भयो ।

    यो महान समाजबादी क्रान्तिमा सर्बहारा श्रमजीवी बर्गको  नेतृत्वदायी भूमिका रहेकोले गर्दा यो बिश्वको पहिलो समाजबादी क्रान्ति भनेर परिचित भयो । लेनिनले के प्रष्ट भनेका छन् भने क्रान्ति त्यतिबेला मात्र सम्पन्न र सफल भएको मानिने छ जति बेला पुरानो राज्य यन्त्र सबै किसिमले  समाप्त हुन्छ र नयाँ राज्ययन्त्र स्थापित हुन्छ । ठीक यही कुरा त्यसबेला रुसमा सम्पन्न भएको थियो । जुन क्रान्तिले रुसको पुरानो सामन्ती जारशाही सत्तालाई समाप्त पारेको थियो र  नब स्थापित समाजबादी सोभियत संघलाई स्थापित गरेको थियो । जुन मजदुर, बिपन्न किसान लगायत सबै बर्गीय शोषण र समाजिक उत्पीडनमा परेका बर्ग र समुदायको शासन सत्ता कायम भएको थियो । जहाँ उत्पादनका साधनहरुको समाजिककीरकण गरिन्छ र उद्योग, जमिन र कृषि तथा अन्य उत्पादनका साधनहरु राज्यको मातहतमा हुने र सबैले सामुहीक स्वामित्व ग्रहण गर्ने कुरा यसमा निहीत थियो  । वास्वतमा समाजबादी उत्पादन पद्धति  बिश्वमा पहिलो पटक यही सोभियत सत्ताले ब्यहारमा उतारेको र कायम गरेको  हो ।

   यसरी बिश्वको क्रान्तिकारी आमूल परिवर्तनबादी दर्शन माक्र्सबादलाई सही किसिमले बुझ्दै, पक्रिदै र लागु गर्दै तथा अझ बिकसित गर्दै लेनिनले जुन समाजवादी सोभियत संघ स्थापित र बिकसित गरेका थिए  अनि स्तालिनले त्यसलाई थप अर्थ–सामाजिक आधार प्रदान गरेर अघि बढाएका थिए त्यो शोषणरहीत बिश्व समाज आज रहेको छैन । नेतृत्वमा आएको घोर सैद्धान्तिक बिचलन र बाह्य प्रतिकृयावादी शक्तिहरुको कारण शोषित पीडित जनताको त्यो बिश्वको पहिलो राज्य ब्यवस्था समाप्त भयो । तर त्यसले स्थापना गरेका अर्थ–सामाजिक तथा राजनीतिक मानबीय मूल्य–पद्धति र क्रान्तिकारी मूल्यबान परम्पराले आज पनि बिश्वका शोषित पीडित जनतालाई आफ्नो मुक्ति र प्रगतिको निमित्त अजश्र प्रेरणा दिइरहेको छ र सही, रचनात्मक र मानबीय  बाटो देखाइरहेको छ । यी नै शब्दका साथ अक्टोबर समाजबादी क्रान्ति र महान लेनिनलाई उच्च सम्मान दर्शाउदै शोषित पीडित नेपाली जनतालाई आफ्नो मुक्ति र शतत प्रगतिको शुभकामना !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif