Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सात बूँदे माग सहीत डा. गोबिन्द केसीको १७औं अनशन शुरु


२०७६ कार्तीक १९ गते , मंगलवार प्रकाशित

सरकारसँग ०७५ साउनमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको समितिको सुझावअनुरूप गर्नुपर्ने, आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा हुनुपर्ने, निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरिनुपर्ने जस्ता महत्वपूर्ण माग राख्दै डा. केसीले अनशन शुरु गरेकाछन् ।

    डा. केसीले अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कारबाही गर्नुपर्ने, शुल्क र सिट संख्या वृद्विको निर्णय तत्काल खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याउनुपर्ने, प्रदेश २ र ४ का साथै डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने, क्यान्सर लगायत महँगा औषधि सस्तो मूल्यमा उपलब्ध गराउनुपर्ने, कर्मचारी समायोजनका कारण सेवा अवरुद्ध भएका डडेल्धुरा अस्पताललगायतका अस्पताल र स्वास्थ्य संस्थामा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्था गर्नुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागबन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्त गर्नुपर्ने मागहरु पनि अघि सारेका छन् ।

   आफुसँग सरकारले गरेको सम्झौता कार्यान्वयनको अन्तिम म्याद कार्तिक १८ गतेसम्म पनि कार्यान्वयनको वास्ता नगरेर उनले दिएको अल्टिमेटम नसुने पछि उनले डण्डेलधुराको एउटा निजी क्लिनिकमा अनशन शुरु गरेका हुन् । भर्खरै सेवा निबृत्त डा. केसीलाई  यस अघि सरकारले जागीर खाएर सरकारी निबासमा अनशन गर्ने गरेको र चिकित्सा कार्यमा बाधा पुग्ने गरेको भनेर आरोप लगाउदै उनले राखेका जायज मागहरुबाट अन्यत्र ध्यान मोड्न खोज्ने गरेको थियो ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif