Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सात प्रदेश प्रमुखलाई बर्खास्त गरेपछि नयाँ सात प्रमुख नियुक्त


२०७६ कार्तीक १९ गते , मंगलवार प्रकाशित

राष्ट्रपति बिद्या भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा सात प्रदेशका प्रमुखहरुलाई एकएक बर्खास्त गरिएपछि रिक्त ती प्रमुख पदहरुको परिपूर्ति गर्दै मन्त्रिरिषदको सिफारिशमा सात प्रमखुहरुको नियुक्ति गरिकी छन् । सर्सरी हेर्दा यो कार्य कानुनी र संबैधानिक हिसाबले कुनै गलत काम नभए पनि यसबाट गलत नजिर बस्ने र राजनीतिक पूर्बाग्रह देखिने र यो पदको गरीमा पनि नरहने र अस्थिरता उत्पन्न हुने भनेर  संबैधानिक, कानुनी र राजनीतिक बृत्तमा टिप्पणीहरु भइरहेका छन् । पदमुक्त गर्ने काम संबिधानको मर्म , भावना र मर्यादा  बिपरीत भनेर प्रमुख प्रतिपक्ष र संबिधानबिदहरुले भनिरहेका छन् ।   नब नियुक्त सबै प्रदेश प्रमुखहरुमा चिनिएका बाम राजनीतिक पृष्ठभूमिका भनेर चिनिएका राजनीतिकर्मीहरु अमिक शेरचन चित्तवन, बिष्णु प्रसाई झापाm, सोमनाथ प्यासी कास्की,  धर्मनाथ यादब सिरहा,  तिलक परियार नेपालगञ्ज, शर्मिला पाण्डे  काठमाण्डौ र गोबिन्द कलौनी डण्डेलधुरा रहेका छन् । नियुक्त प्रमुखहरुमा प्रदेश नं १ मा सोमनाथ प्यासी, प्रदेश नं २ मा तिलक परियार प्रदेश नं ं३ मा बिष्णु प्रसाई, प्रदेश नं ४ मा अमिक शेरचन, प्रदेश नं ५ मा धर्मनाथ यादब, कर्णाली प्रदेशमा गोबिन्द कालौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिला पाण्डे परेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif