अदालतबाट महरालाई पुर्पक्षका निम्ति थुनामै राख्ने आदेश
काठमाण्डौ जिल्ला अदालतले हिजो फैसला सुनाउदै संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ।
महरामाथि जबरजस्ती करणीको उद्योगको अभियोग लागेकामा उनको पक्ष र विपक्षमा थुनछेक बहस भएपछि सोमवार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको काठमाण्डू जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताएका छन्
श्रेस्तेदारका अनुसार “पुर्पक्षको लागि थुनामा राख्ने भनेको मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामा राख्ने“ आदेश हो।
महरालाई डिल्लीबजार कारागारमा राखिएको छ।
महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन्।
दुइ दिन – आइतवार र सोमवार उनको मुद्दामा भएको थुनछेक बहसमा महरातको तर्फबाट केही चर्चित अधिवक्ताहरूले नैबहस गरेका थिए भने उनको विपक्षमा काठमाण्डू सरकारी वकिल कार्यालयका वकिलहरूले बहस गरेका थिए ।
यो अभियोग र पुर्पक्षको निम्ति थुनामा राखिने अदालतको फैसला पछि महराको राजनीतिक भबिष्य समाप्त भएको टिप्पणीहरु भइरहेकाछन्