Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सिद्धिविनायक कृषि बहुउद्देश्यीयको तेह्रौं साधारणसभा


२०७६ कार्तीक १८ गते , सोमवार प्रकाशित

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

राष्ट्रिय सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष शशिधर पोखरेलको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । सभाका अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल,नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपकराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, वडा नं ९का वडाध्यक्ष बासुदेव शर्मा, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष शरद कुमार महर्जन, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष दिल नापित लगायत रहेका थिए । 

सभामा सञ्चालक समितिको तर्फबाट सचिव ईश्वर पोखरेल वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ५४२ जना सदस्यवाट शेयर पूँजी ४८ लाख २५ हजार संकलन गरेको जानकारी दिए । त्यसैगरी संस्थाको निक्षेप संकलन २ करोड ६८ लाख र कर्जा लगानी २ करोड ५३ लाख रहेको छ । संस्थाले सदस्यहरुलाई आवश्यक पर्ने राशायनिक मल तथा विउ विजन उपलब्ध गराउँदै आएको छ । आगामी बर्ष संस्थाले कृषि पर्यटन सम्बन्धी कार्यहरु गर्ने लक्ष लिएको छ भने जेष्ठ सदस्य तथा फरक क्षमता भएका सदस्यहरुलाई नगद सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

सभामा कारोबारतर्फ लक्ष्मी श्रेष्ठ, उत्कृष्ट ऋणीमा दिनेश सिलवाल, खुत्रुके बचततर्फ बलराम श्रेष्ठ र एन्जल श्रेष्ठ, ज्येष्ठ सदस्यतर्फ मैया पोखरेल र बालचन्द्र शर्मा पोखरेललाई सम्मान गरिएको थियो । 

त्यसैगरी शैक्षिक सम्मानतर्फ चार्टर्ड एकाउन्टेन्ट रुबी पोखरेल, मास्टर अफ सर्जरी इन अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी ऋचा अधिकारी, एमबीबीएस सुम्निमा अधिकारी, आईटी इन्जिनियर प्रकृति पोखरेल,  एमबीए मनिष खड्का र बीपीएच पविना थापालाई सम्मान गरिएको थियो । 



सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif