Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सात प्रदेशका लागि सत्ताधारी नेकपाको सिफारिस


२०७६ कार्तीक १८ गते , सोमवार प्रकाशित

 काठमाडौं / प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नाम सिफारिस गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेपछि सातवटै प्रदेशमा सो पद रिक्त थियो ।  प्रदेशमा नयाँ प्रमुखका लागि सिफारिसमा परेका नाम यी नै हुन् ।  अमिक शेरचन, सोमनाथ प्यासी,तिलक परियार, विष्णु प्रसाईं, धर्मनाथ यादव, शर्मिला त्रिपाठी, गोविन्द कलौनी  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif