Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवमा प्रभातफेरी र रक्तदान


२०७६ कार्तीक १७ गते , आईतवार प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १६औं बर्षमा प्रवेश गरेको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।  “सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी आयोजना गरेको हो । 

बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विगतका वर्षहरुमा जस्तै बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

त्यसैगरी बैंकको नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको बैंकले जनाएको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif