Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

बचत संघ ललितपुरको साधारणसभा तथा रजत वर्ष समापनमा प्रचण्डले सम्बोधन गर्ने


२०७६ कार्तीक १७ गते , आईतवार प्रकाशित

सभामा उपस्थितिको लागि सहकारीकर्मीहरुलाई संघको हार्दिक आव्हान

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले २५ औं वार्षिक साधारण सभा तथा रजत वर्ष समापन समारोह कार्तिक २१ गते गर्ने भएको छ । अशोक पार्टी प्यालेस, पाटनमा बिहीबार १ः०० बजे आयोजना हुने उक्त सभाको प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) रहने संघका अध्यक्ष रामहरि बजगाईंले जनाए । 

सभामा प्रमुख अतिथि दाहालको विशेष सम्बोधनका साथै संघको स्मारिका विमोचन, ६ वटा स्थानिय तहमा सञ्चालित उत्कृष्ट सहकारी संस्थालाई सम्मान तथा संस्थापक सञ्चालक देखि निःवर्तमान सञ्चालक समितिलाई सम्मान गरिने उनले बताए ।

बचत संघ ललितपुर २५ औं वर्षसम्म आइपुग्दा सहकारी अभियानमा मुलुककै एउटा नमूना संघको रुपमा स्थापित भएको अध्यक्ष बजगाईंले बताए । जिल्लाको बचतऋण अभियानलाई प्रवर्द्धन गर्ने कार्यमा पनि संघ त्यत्तिकै सक्रिय रहेको भन्दै उनले रजत वर्ष समापन समारोहमा जिल्लाभरका सदस्य संस्था, सहकारी अभियन्ता र सम्पूर्ण सहकारीकर्मीलाई सहभागिताका लागि आमन्त्रण गरे । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif