Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

सनराइज बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न


२०७६ कार्तीक १७ गते , आईतवार प्रकाशित

सनराइज बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सभा सम्पन्न भएको हो । साधारण सभाले बैंकको हालको चुक्ता पूँजीकोे ५.८० प्रतिशतका दरले हुने सत्चालीस करोड अठ्ठाईस लाख अठ्चालीस हजार नगद लाभांश वितरण र १० प्रतिशतका दरले हुने एकासी करोड बाउन्न लाख पचपन्न हजार बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । 

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको बैंक २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी रु. ८ अर्ब १५ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर समेत रु. ८ अर्ब छयानब्बे करोड ७८ लाख कायम भएको छ । बैकले आफ्ना १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा एटिएममार्फत् आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif