Tuesday, 10 December, 2019    |    २०७६ मंसीर २४ गते , मंगलवार

दिल्ली प्रदुषणले बिद्यालय र निर्माण कार्य सबै बन्द


२०७६ कार्तीक १७ गते , आईतवार प्रकाशित

     भारतको राजधानी दिल्लीमा ब्याप्त प्रदुषणका कारण बिषाक्त हावा फैलिएर बातावरण बिग्रिएपछि त्यहाँ जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

  यसरी वायु प्रदूषणका कारण शानिबारदेखि मंगलबारसम्म त्यहाँ सबै विद्यालयहरु बन्द हुनेछन्  । अनि  विद्यालयहरुमा मास्क वितरण पनि गरिने र  ५० लाख मास्क वितरण गर्ने योजना रहेको बताइएको छ । वायु प्रदूषण कम गर्नको लागि सबै किसिमको निर्माणकार्य बन्द गर्न समेत  निर्देशन सरकारले दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्वहरु दिल्लीको हावामा पाइएको बताइएको छ ।

  आम आद्मी पार्टीका नेता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास च्याम्बर’मा परिणत भएको उल्लेख गर्दै बिद्यालयहरुमा वितरित मास्क यथासम्भव प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

  यतिबेला  बायु मण्डललाई बाक्लो तुँवालोले ढाकेको छ । भारतीयहरुले त्यसको तस्वीर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश पनि व्यक्त गरिरहेका छन् ।

  उनीहरुले हरेक वर्ष यस्तो अवस्था दोहोरिने गरेको भन्दै  सरकारसँग आक्रोश पोखेका छन् । प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बरमा दिल्लीको हावा विषाक्त बन्ने गरेको कुरा यथार्थ हो । तर यसको रोकथाम र कम गर्ने कुरा नभएको अहिलेको बास्तवकिताले दशाउँदछ  ।

  काठमाण्डौमा पनि वायु प्रदूषणको मात्रा बढ्दो    नेपालको राजधानी काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरुले पनि यहाँको वायु प्रदूषणको मात्रा बढिरहेको देखाएको कुरा प्रकाशमा आएको छ । काठमाडौंको रत्नपार्कमा जडान गरिएको प्रदूषण मापक यन्त्रमा हिजा शनिबार बिहान प्रदूषणको मात्रा चारगुणाभन्दा बढी भएको देखाएको छ ।

  बिज्ञहरुले नेपालको राष्ट्रिय मापदण्ड अनुसार पीएम २.५ भनिने रौं भन्दा झन्डै तीनगुणासम्म सूक्ष्म कण हावामा दैनिक औषतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउँछन्  । अनि रत्नपार्कको प्रदूषण मापक यन्त्रमा शनिबार १६६ माइक्रोग्राम देखाएकोले स्थिति खराबतर हुँदै गएको प्रष्ट हुन्छ ।

  बिज्ञहरुद्वारा के पनि औंल्याइन्छ भने नेपालको वायु प्रदूषण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित वायुको कारण  पनि हो ।   यस सन्दर्भमा हिउँद् र सुक्खायाममा समेत लम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिनुमा सीमापारिबाट आउने कण जिम्मेवार भएको बताइन्छ । विज्ञहरुका अनुसार हलुका हुने भएकाले ती मसिना कणहरु धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै हजारौं किलोमिटर टाढासम्म पुग्न सक्छन् ।

भारतमा वायु प्रदूषणका कारण यस्तो रहेको बताइएको छ —

  राजधानी दिल्लीको छिमेकी हरियाणा र पञ्जाब राज्यमा किसानहरुले अन्नबाली भित्र्याएपछि खेतमा ठुटा र खोस्टामा आगो लगाउने गरेको र त्यसबाट निस्कने कण र धूवालाई प्रदुषणको मूख्य कारक मानिएको छ ।

  अनि यसका अतिरिक्त दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको,  निर्माण कम्पनी, यातायातबाट निस्कने धूँवा अन्य कारक बताइएको छ  । चिसो शुरु भएसँगै दिल्लीमा बढ्ने प्रदूषण पश्चिमी वायुसँगै नेपालसम्म पर्ने गरेको विज्ञहरुले उल्लेख गरेका छन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif