Thursday, 14 November, 2019    |    २०७६ कार्तीक २८ गते , विहीवार

छठ पर्ब मूलतः सूर्योपासनाको पर्व


२०७६ कार्तीक १५ गते , शुक्रवार प्रकाशित

  देश बिदेशमा मनाइने गरेको छठ पूँजा सूर्योपासनाको पर्वकोरुपमा प्रसिद्ध छ । लक्षीपूजा अर्थात दीपावलीको ६ दिन पछि षष्ठीका दिन यो पर्व मनाइन्छ । हुन त यो पर्ब बर्षको दुइ पटक मनाइने चलन छ । चैत्रको शुक्ल पक्षको षष्ठीका दिन मनाइने पर्बलाई चैते छठ या सानो छठ भनिन्छ भने कार्तिक शुक्ल पक्षको षष्ठीका दिन मनाइने छठलाई कार्तिक छठ या ठूलो छठ भनिन्छ ।

       मूलतः यो छठ पर्ब यो पारिबारिक सुख, समृद्धि तथा मनोबाञ्छित फल प्राप्तिको लागि मनाइने पर्ब हो । तर यो महापर्वमा जीवनका सम्पूर्ण चक्रलाई प्रदर्शित गरेर प्रत्यक्षरुपले पबित्र पार्ने पर्बमा गनिन्छ । अर्थात यो पर्वले आत्माको अमरता तथा जीवनको निरन्तरतालाई जनाउँदछ ।

    हिन्दू धर्मको मान्यता अनुसार सूर्य यस्ता देवता हुन् जसलाई साकाररुपमा हेर्न देख्न सकिन्छ । यस कारण छठ पर्बलाई कुनै प्रामाणिक कथाको आवश्कता नै पर्दैन । यस छठ पर्बको पूजामा भक्त र भगवान दुबै परस्पर एक अर्काकाृ सामुन्नेमै हुन्छन् । सूर्यलाई ऊर्जा र जीवन शक्तिका देबता मानिने गरिन्छ । यसैले, छठ पर्वका बेला कल्याण, समृद्धि तथा प्रगतिका लागि सूर्यको पूजा गर्ने चलन चलेको देखिन्छ । सूर्यलाई शक्तिको मूख्य श्रोत मानिन्छ । सूर्यका दुइ पत्नी ऊषा र प्रत्युषा रहेको मानिएको छ । छठ पूजाका बेला यी पत्नीहरुको पनि पूँजा आराधना गर्ने चलन छ । प्रातः कालमा सूर्यको पहिलो किरण(उषा) र सायं कलामा अन्तिम किरण (प्रत्युषा) लाई अघ्र्य दिएर दुबैलाई नमन गर्ने गरिन्छ । 


     बैज्ञानिक दृष्टिले हेर्ने हो भने छठ पर्वमा बिशेष खगोलीय परिवर्तन पनि हुने गर्दछ । यतिबेला सूर्यका पराबैजनी किरणहरु पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्र हुने गर्दछन् । जसबाट सम्भावित कुप्रभावहरुबाट मानिसलाई सुरक्षा प्राप्त हुन्छ । यद्यपि सूर्यको आराधना गरिने छठ पर्बको सम्बन्धमा अनेक कथा र किम्बदन्तीहरु पनि नसुनिने गरिएका छैनन् । ती मध्येका एउटा कथा अनुसार भगवान कृष्णका पुत्र शाम्बलाई कुष्ठ रोग भएको थियो र त्यस रोगबाट मुक्तिका लागि बिशेष सूर्योपासना गरियो ।      हुन त छठ चार दिबसीय उत्सब हो । यसमा सबैभन्दा पहिला घरको सर सफाई गर्ने गरिन्छ । त्यसपछि स्नान र शुद्ध साकहारी भोजन ग्रहण गरेर ब्रत आरम्भ गर्ने गरिन्छ । दोश्रो दिन उपवास बसे पछि ब्रतधारीले साँझमा भोजन गर्ने गर्दछन् । यस भोजनलाई ‘खरना’ भन्ने गरिन्छ । तेश्रो साँझमा बाँसको टोकरीमा अघ्र्यको सूप सजाउने गरिन्छ र ब्रतीकासाथै उसका परिवारका सदस्यहरुबाट पनि छठी मैयाको पूजा गर्न घाटमा जाने  गरिन्छ । सूर्यलाई जल र दूध मिसाएको अघ्र्य दिने गरिन्छ । चौथो दिन  प्रसादले भरिएको सूपले छठी मैयाँको पूजा गरिन्छ अनि सूर्यलाई अघ्र्य दिइन्छ । यसरी सूर्योपासनाको यो ब्रत समाप्त हुन्छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif